कालिकोटमा आगलागी तीन घर जले

कालिकाेट। कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा आगलागीबाट तीन घरमा क्षती पुगेको छ । विहान ९ बजेतिर १२ घरमा आगलागी भएपनि तीन घर पूर्ण रुपमा जलेको हुन् ।

स्थानीय देउरी विकको घरमा बालेको धुवारहित चुलोबाट घरमा आगो सल्किएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी भुपेन्द्र शाहीले जानकारी दिए ।

आगलागीबाट मानविय क्षती नभएपनि गाईगोठमा बाधेका दुई गाई जलेर मरेका छन् भने एक गाई घाइते भएको छ । आगो नियन्त्रणमा लिएको छ तर क्षतीको पूर्ण विवरण आइनसकेको सुचना अधिकारी शाहीले बताए । आगलागी भएकाे राँचुली दलित बस्ती रहेकाे प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया