स्तुपाबाट हेर्दा जुम्ला भ्याली (फोटो फिचर)

सुर्खेत ।  देशकै ठुलो स्तुपा निर्माणपछि जुम्लामा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । जुम्ला पुग्ने जो सुकै व्यक्ति स्तुपामा पुगेर फोटो खिच्दै जुम्ला सदरमुकाम तथा हिमशृखलाहरुको अवलोकन गरेर मनोरञ्जन लिने गर्दछन् ।

विश्व दिगो शान्तिको कामना गर्दै जुम्लामा निर्माण भएको बौद्ध शान्ती स्तुपा नेपालकै अग्लो स्तुपा हो । जुम्ला र मुगुमा बस्ने मुगाली समुदायद्धारा चन्दननाथ नगरपालिका–४ सिंगाचौरमा झण्डै ७२ फिट अग्लो र ३२ फिट चौडाईको स्तुपा निर्माण भएको हो । उक्त स्तुपा तत्कालिन संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री स्वर्गिय रविन्द्र अधिकारीले उद्घाटन गरेका थिए ।

स्तुपा निर्माण कार्यमा झण्डै ३० करोड रकम खर्च भएको थियो । प्यागडा शैलीमा निमार्ण गरिएको स्तुपा निर्माण गर्दा नुनदेखि सुनसम्मका सामाग्री प्रयोग गरिएका थिए । हिंसा नहोस् भन्नका लागि हतियार, तरबार तथा भोकमरी नहोस् र उत्पादन बृद्धिहोस् भनेर स्तुपा निर्माणमा विभिन्न अन्नपातको प्रयोग गरिएको थियो । मुगुको रारा हुँदै जुम्लाको खलंगा पुगेका पर्यटकका लागि यो स्तुपा अवलोकनका लागि रोजाईमा पर्न थालेको छ ।

तपाईको प्रतिक्रिया