सुर्खेत । जनमुखी कृषि तथा पशुपालन सहकारी संस्थाले बार्षिक साधारण सभा सम्पन्न गरेकाे छ । वीरेन्द्रनगर-१० को नवाैं बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको हाे ।
आर्थिक बर्ष ०७७।०७८ को १२ करोड १५ लाख ४० हजार बराबरको आयव्य विवरण प्रस्तुत संस्थाका कोषाध्यक्ष यज्ञबहादुर खड्काले गरेका थिए । संस्थाले आगामी आर्थिक बर्षमा १६, करोड ९२, लाख बराबरको कारोबार गर्ने लक्ष्य लिएको जनाएको छ ।
संस्थाले आर्थिक बर्ष ०७७।०७८ मा १९ लाख ४१ हजार शुद्ध नाफा गर्ने लक्ष्य राखेको कोषाध्यक्षले प्रस्तुत गरेरको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष अमृतबहादुर विसीले संस्थाको बिकासका लागी सबै शेयर सदस्यहरु एक जुट भएर ब्यबसायमा लाग्नु पर्नेमा जोडदिए ।
उनले सहकारी संस्थालाई सुर्खेतको मात्र नभई कर्णली प्रदेशकै उत्कृष्ट सहकारी बनाउन संस्थालाई सहकारी संघकोतर्फबाट जुनसुकै बिषयमा सहकार्य गर्न तयार हुने बताए ।
कार्यक्रममा जिल्ला कृषि सहकारी संघका सदस्य सन्तबहादुर केसीले कृषि क्षेत्रमा सुशासन तथा पारदर्शिता भएको एकमात्र सहकारी संस्था जनमुखि भएको बताए ।
कार्यकममा मंगलगडी प्राथामिक विधालय ब्यवस्थापक समितिका पुर्व अध्यक्ष जागुराम थारु लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष विन्द्राकुमारी थापाको अध्यक्षमतामा सम्पन्न भएको हो ।
नेपालीरैबार । २०७७ मंसिर १४, आईतवार