जुम्ला । खस शब्दमा आधारित “खसिया आखार” शब्दकोष प्रकाशनको अन्तिम तयारीमा भएको छ । तर आर्थिक समस्याका कारण प्रकाशनमा ढिलाई भएको हो । आर्थिक स्रोत जुटेपछि शब्दकोष प्रकाशन हुने शब्दकोषका सम्पादक रमानन्द आचार्यले जानकारी दिए । उनका अनुसार शब्दकोष प्रकाशनका लागि कणाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने खबर प्राप्त छ ।
आचार्यले बि.सं २०६४ सालदेखी शब्दकोष लेख्न शुरु गरेका हुन् । शब्दकोष अहिले कम्यूटर टाईपिङ भईरहेको छ । खस शब्दकोष लामो समयसम्म स्रोत नजुटेपछि प्रकाशन कार्यअन्यौल भएको थियो । तर अहिले सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले बुद्धा नम्बर १३० मा बजेट विनियोजन गरेपछि शब्दकोष प्रकाशन हुने अपेक्षा गरिएको छ ।
यसबारे मन्त्रालयलाई लाग्ने खर्चको परियोजना प्रस्ताव पठाईएको समितिले जनाएको छ । खसिया आखार समितिका सदस्य प्रकाश चन्द्रखत्रीका अनुसार मन्त्रालयलाई रु ३२ लाख रुपैया बढिको पुस्तक प्रकाशनमा लागत परियोजना प्रस्ताव पठाईएको हो । उनले तत्कालिन साम्राज्यको राजधानी सिञ्जा र यहाँबाट भाषाको उत्पति जुम्लाबाटै भई अहिले राष्ट्रिय भाषाको रुपमा परिणत भएकाले खस शब्द जोगाई राख्न पछिल्लो महत्वपूर्ण दस्तावेज भएको बताए ।
जिल्लामा खस शब्दकोष तयारीका लागि निर्माण गरिएको खसिया आखार समितिको वैठकले सामाजिक विकास मन्त्रालयलाई बजेट माग गर्न जिल्ला समन्वय समितिलाई सिफारिस गरिदिन भन्दै निर्णय समेत गरेको छ । वैठकले उक्त ऐतिहासिक दस्तावेज प्रकाशन गर्न सहयोग गर्ने जानकारी भएकाले सामाजिक विकास मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्दै सो रकम समितिको खातामा पठाई सहयोग गरिदिन अनुरोध गरेको छ ।
अर्को शब्दकोषको नाम खसिया आखार (माझाली) समेत राख्ने निर्णय गरेको छ । ज्येष्ठ नागरिक आचार्यले २५ हजार बढि खस शब्दकोष समेटिएको उक्त पुस्तक तयारी भयो भने सिञ्जामै प्रकाशन गर्न जोड गर्ने र सहयोग तथा समन्वयका लागि सिञ्जाका तीन स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने बताए । शब्दकोषको अहिले अ देखी न सम्म कम्यूटर टाईपिङ समेत भईसकेको आचार्यले जानकारी दिए ।
तत्कालिन समयमा जिल्ला विसका समिति हुदाँ स्थानीय विकास अधिकारी तिलक पौडेलको पहलमा शब्दकोषको बिषय अगाडि बढेको र खसिया आखार समितिमा सम्पादक आचार्य सहित सदस्यहरु खस सस्कृतिका जानकार तंगनाथ उपाध्याय, दयादत्त हमाल, प्रकाशचन्द्र खत्री र हरिवावु चौलागाई सहितको ५ सदस्यीय समिति गठन समेत गरिएको थियो । अव समितिले शब्दकोष चाडै प्रकाशनमा ल्याउने बताएको छ ।
नेपालीरैबार । २०७७ मंसिर १९, शुक्रबार