पहिलो टेष्टमा पृथ्वी फ्लप

एजेन्सी । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा पृथ्वी शा फ्लप बनेका छन् । ओपनर ब्याट्सम्यानको रुपमा मैदान छिरेका पृथ्वी शुन्य रनमा पवेलियन फर्किएका छन् ।

एडिलेडमा भारतले टस जितेर ब्याटिङ्ग रोजेको थियो । भारतीय टिमले शुभमन गिल र केएल राहुललाई सुरुवाती ११ बाट बाहिर राख्दै पृथ्वीलाई अवसर दिएको थियो ।

 

निकै खराब फर्ममा रहेका पृथ्वीले मात्र दुई बल खेल्न पाए । उनी अष्ट्रेलियाका बलर मिसेल स्टार्कको बलमा बोल्ड हुन पुगे । अभ्यास खेलका चार ईनिङ्समा ६२ रन बनाएका पृथ्वीलाई टेष्टका लागि छनोट गरिएको थियो ।

तर उनी पिङ्ग बलका स्टार मिसेल स्टार्कको दोस्रो बलमा बोल्ड भए । पृथ्वीलाई भारतले पहिलो विकेटको रुपमा गुमाउन पुग्यो । अष्ट्रलिया भ्रमणमा रहेको भारतले तीन म्याचको एकदिवसीय र टी–ट्वान्टी सिरिज खेलिसकेको छ । एकदिवसीय सिरिज गुमाएको पाहुना टोलीले टी–ट्वान्टी सिरिज भने आफ्नो पोल्टामा पारेको थियो ।

तपाईको प्रतिक्रिया