नेकपा विभाजनको चरणमा-पार्टी कार्यालयमा तालाबन्दी, बालुवाटारमा बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको पार्टी विभाजनको अन्तिम चरणमा छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक विवादले पार्टी विभाजनको अवस्थामा छन्।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच दुरी बढेपछि दुवै पक्षले छुट्टाछुट्टै गुट भेला गरिरहेका छन्। नेकपाको पार्टी कार्यालय धुम्बाराही र पेरिसडाँडा शून्य छ। पार्टी कार्यालय शुन्य भइरहँदा प्रधानमन्त्री ओलीले सरकारले निवास बालुवाटारलाई पार्टीको गुट भेला गर्ने थलो बताएका छन्। प्रधानमन्त्री ओलीकै कारणले यसअघि नेकपाको सचिवालय, स्थायी कमिटी बैठक बालुवाटारमै बस्दै आइरहेको छ।

त्यति मात्रै नभएर प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालसँग दुरी बढेपछि बालुवाटारमै सोमबार सांसदहरुसँगको छलफल गरे। मंगलबार बालुवाटारमै आफू निकटका केन्द्रीय कमिटीको बैठक नै राखे। अध्यक्ष दाहालले पनि पार्टी कार्यालयभन्दा आफ्नै निवास खुमलटारमा भेला गरिरहेका छन्।

सोमबार अध्यक्ष दाहाल पक्षले बानेश्वरको संसद भनवनमा सांसदहरुको गुट भेला गरे। मंगलबार बबरमहलको कार्की बैङ्केटमा केन्द्रीय कमिटीको बैठक राखेका छन्। पार्टी कार्यालय वरिपरी सुरक्षाकर्मी तैनाथ गरिएको छ। त्यहाँ फोटो खिच्न समेत प्रतिबन्ध लगाइएको छ। कोरोनाको कारणले पार्टी कार्यालय बन्द गरेको प्रधानमन्त्री ओलीनिकट कार्यालय सचिव ईश्वरी रिजालले नेताले बताए।

तपाईको प्रतिक्रिया