‘सरकारी मोह हुँदाहुँदै परिस्थितिले व्यापारी बनायो’

सुर्खेतको खानीखोला गाविस–२ (हाल सिम्ता गाउ“पालिका–९) चोल्पामा जन्मिएका हर्षविक्रम खड्का एक कुशल र सालिन व्यापारी हुन् । बुबा शिक्षक भएकोले उनलाई जीवनमा कहिल्यै अभाव झेल्नुु परेन् । घरको कान्छा छोरा भएकाले पनि गाउँ र वीरेन्द्रनगर आउँदा पनि खर्च गर्ने रकमको कहिल्यै अभाव भएन् । बुबासँगै स्कुल पुग्ने खड्काले गाउँकै हिमालयन माध्यमिक विद्यालयबाट अक्षर चिने । बुबा सरकारी सेवामा रहेकाले बुबाले पढाउँदा र गाउँमा सम्मान हु“दा आफू पनि सरकारी सेवामै छिर्ने मानसपटलमा योजना बुन्थे । वीरेन्द्रनगर झरेपछि पनि सरकारी सेवाका लागि संघर्ष गर्ने तयारीमा थिए । तर समय र परिस्थितिले उनी व्यापारिक क्षेत्रमा प्रवेश गरे । एचविके कन्स्ट्रक्सन निर्माण सेवा, सुर्खेत सञ्चार केन्द्र र सुर्खेत विजनेश सेन्टर सञ्चालन गरिरहेका छन् । कुशल व्यवसायी हुन् जिन्दगीको रफ्तार भोग्नुपर्ने संघर्षका बारेमा हर्षविक्रम खड्कासँग गरिएको कुराकानीको सम्पादित अंशः

खानीखोलामा रहेको हिमालयन माध्यमिक चोल्पामा कक्षा सातसम्म अध्ययन गरेका खड्का बाँकी पढाइ पूरा गर्न वीरेन्द्रनगर झरे । गाउँ नजिकै विद्यालय रहेकाले बाल्यकालमा उनले खासै संघर्ष गर्न परेन । उनीभन्दा जेठो दिदी र दाजु भएकाले पनि घरको काममा सहयोग गर्न पर्थेन । बाल्यकालमा गाउँमै रमाइलो गरेर बितेका दिन वीरेन्द्रनगर झरेपछि विस्तारै फेरिन थाले । कारण वीरेन्द्रनगरमा बढ्दै गरेको व्यापार व्यवसायले व्यवसायिक बन्ने सोच खड्कामा जाग्थ्यो ।

तर बाँकी कक्षा ८, ९ र एसएलसी पूरा गर्नुपर्ने भएकोले पढाइतर्फ ध्यान दिए । जनमाध्यमिक विद्यालयबाट एसएलसी दिएका खड्काले आइकम वीरेन्द्रनगर बहुमूखी क्याम्पसबाट पूरा गरे । विविएललबसपनि पूरा गर्न उनी अध्ययनलाई निरन्तरता दिए । पढ्दै गर्दा सरकारी जागिर खाने मोह त्यागे । ‘बुवा शिक्षकहुँदा घर खर्च सबैलाई पु¥याउन सकस थियो,’ खड्का भन्छन्, ‘सानोहुँदा अभाव झेलिन, वीरेन्द्रनगर आउँदा खर्च अभाव हुने देखियो, सरकारी कर्मचारी हुन लोकसेवाको तयारी छाडेर व्यापार यात्रा सुरु गरे ।’

चार वर्षको घुम्तीमा व्यापार
विस्तारै पूरै तनमन व्यापारमा लगाएका खड्काले खजुरमा घुम्तीमा व्यापार सुरु गरे । व्यापार शुरुगरेपछि पढाईमा ब्रेक लाग्यो । २०५२ सालबाट व्यापारमा होमिएका खड्काले त्यो बेला ऋण लिएर झण्डै एक लाखबाट व्यापार सुरु गरेका हुन् । ‘विस्तारै घर बनाएपछि घरमै सटर खोलेर व्यापार बढाउँदै गए,’ खड्काले भने, ‘बुबा शिक्षक पेशाबाट अवकाश लिएपछि सघाउन थाल्नु भयो, जसले मलाई व्यापार गर्नमा थप प्रेरणा मिल्यो र व्यापारलाई सफल बनाउनतर्फ केन्द्रीत भए ।’ घुम्तीमा झण्डै चार वर्ष व्यापार गरेको खड्का बताउँछन् । २०५९ सालमा खड्काले बजारमा पीसीओ, फोटोकपी, फ्याक्स र डेस्कटपको काम गर्नेगरी हटियालाइनमा सञ्चार केन्द्र सञ्चालनमा ल्याए ।

२०५७ सालमा नै विवाह गरेकाले उनको व्यवसायलाई साथ दिन श्रीमतीको साथ र ठूलो सहयोग रह्यो । जसले व्यापार राम्रो बन्दै गयो । करण, ऊ बेला अहिलको जस्तो प्रविधिको सुविधा थिएन् । त्यसैले पनि उनले गरेको व्यवसाय राम्रो बन्दै गयो । त्यसको पूर्ण सञ्चालन जिम्मा उनको श्रीमतीको हात थियो । विस्तारै पीसीओ व्यवसाय खस्कदै गयो । कारण, शान्ति सम्झौतापछि विकासको गति बढ्दै जाँदा प्रविधिको विकासले पनि फड्को मार्दै गयो ।

व्यवसायलाई तत्कालै रुपान्तरण नगर्दा पछि पर्ने आँकलन गरेपछि उनले नेपाल टेलिकमको रिचार्ज कार्डको डिलर लिए । ‘२०६६ सालअघि टेलिकमले आफै रिचार्ज विक्री गथ्र्यो, पछि बाहिर दिन थाल्यो,’ खड्काले भने, ‘पहिलो वर्ष टेण्डर हालिन दोस्रो वर्ष टेण्डर परेपछि रिचार्ज कार्डको डिलरलाई निरन्तरता दिए ।’ विस्तारै उनले एनसीएलको रिचार्ज कार्डको डिलर पाएपछि त्यसको सबै जिम्मेवारी उनकी श्रीमतीले सम्हालेपछि व्यवसायलाई निरन्तरता दिएको खड्काले उल्लेख गरे ।

निर्माण व्यवसायको सुरुवात
सञ्चार केन्द्र सञ्चालन गर्नुपूर्व नै उनले निर्माण सम्बन्धी काम गर्नेगरी २०५७ सालतिर एचविके कन्स्ट्रक्सन फर्म दर्ता गरे । भवन र सडकको निर्माणबाट सुरुवात गरिएको व्यवसाय राम्रो बन्दै गयो । आफूलाई पुग्ने पेशा व्यवसाय भएको आँकलन गरेकै कारण सरकारी मोह त्यागेको खड्का बताउँछन् । कृषिकर्म नै भएकाले वीरेन्द्रनगर झर्दा खेत जोत्ने, दाउरा ल्याउन जानेसम्मको काम समेत गरेको खड्काले बताए । ‘संघर्षको मैदानमा उत्रिदा आफ्नो मात्रै चाहना पूरा गर्ने सोच राख्नुहुँदैन,’ खड्का भन्छन्, ‘सामाजिक परिवन्धनले सामाजिक क्षेत्रमा पनि केही गर्दा आत्मसन्तुष्टि हुने भएकोले पनि व्यवसायलाई नै प्रमुख पेशा बनाएर दत्त, चित्त बनेर काममा लागिरहे ।’

निर्माण व्यवसायी एकता समाज सुर्खेतको पूर्व कार्यसमिति सदस्य भएका खड्का महासचिव र कोषाध्यक्ष समेत बनेका थिए । हाल सुर्खेत उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्ष हुन् भने अन्नपूर्ण बहुउद्देश्यीय सहकारीका कोषाध्यक्ष र एथ्लेक्टिस संघ सुर्खेतका हाल जिल्ला अध्यक्ष हुन । कोरोना महामारीमा सिम्ताका विभिन्न आइसोलेशन र क्वारेन्टाइनमा खाद्यन्न सहयोग गरेको खड्काले बताए । चोल्पामै रहेको क्लवसँगको सहकार्यमा गाउँमै सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको खड्काको भनाइ छ । वीरेन्द्रनगरमा रहेका विभिन्न आश्रमहरुलाई समेत खड्काले सहयोग गरिरहेका छन् । उनले सञ्चालन गरेका तीन वटा फर्ममा १५ जनालाई रोजगारी दिएका छन् ।

कृषिमा लगानी, उद्योग पनि खोल्ने योजना
खेल क्षेत्रमा समेत रुची राख्ने खड्का दौड, भलिभल र व्यामिन्टन खेलाडी समेत हुन् । विद्यालय स्तरिय रनिङ शिल्ड प्रतियोगितामा भाग लिएको खड्का बताउँछन् । ‘जिन्दगीको रफ्तारमा व्यवसायप्रति बफदार भइयो,’ खड्का भन्छन्, ‘सोचजस्तो जिन्दगीमा कहिल्यै पुग्दै भएको वा गरिरहेको पेशाप्रति आत्मसन्तुष्टि लिएर अघि बढे असफल भइदैन् ।

तर गरिरहेकै कामबाट भने सन्तुष्ट हुनु सक्नुपर्छ ।’ अरुको ब्राण्ड मात्रैभन्दा रोजगारी प्रदान गर्ने उद्योग खाल्ने योजना रहेको खड्काले बताए । दाङको शान्तिनगरमा उन्नत जातको बाख्रापालन समेत खड्कासहित ६ जनाले गरिरहेका छन् ।

अष्ट्रेलियाबाट बाख्रा ल्याएर बाख्रा पालन शुरु गरिएको उनको भनाई छ । विस्तारै आफ्नै उद्योगबाट उत्पादित सामग्रीहरु विक्री गर्ने सोचसहित उद्योग सञ्चालनको गृहकार्यमा रहेको खड्काले बताए । ‘परिवारका सबै सदस्यहरुको साथ र समर्थनले व्यवसायलाई निरन्तरता दिन हौसला पाइरहेको छु,’ खड्काले भने, ‘अबको योजना यही व्यवसायलाई व्यवस्थित गर्ने र उद्योग खोल्ने लक्ष्य लिएको छु ।’

तपाईको प्रतिक्रिया