जैविक युद्धको लडाईमा म एउटा स्वास्थ्यकर्मी जसको यात्रा २०७७ चैत्र ६ गतेदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट शुरु भएको थियो । नियुक्ती मेरो सल्यानको कपुरकोटहुँदा सल्यान जनस्वास्थ्य कार्यालबाट नियुक्ती बुझ्नु पर्ने भएकाले हामी सल्यानको खलङ्गामा पुगेका थियौं ।
केहि समयको छलफल पछि नियुक्ति पाएर हामी सात जनाले सल्लाह ग¥यौ की जिल्ला स्वास्थ्य कार्यालय सल्यानका अनुुसार दुई जना स्टाफ जिल्लामा नै बस्नु पर्ने (आईसोलेसन् को लागी) र बाँकी पाँच जना सल्यान भित्रने नाका कपुरकोटमा जानु पर्ने निर्देशनानुुसार हामी आफ्नो कार्यक्षेत्रमा लाग्यौँ । करिव रातीको आठ वजेतिर कपुरकोटमा पुगेका थियौं ।
पाँच नम्बर प्रदेश (लुम्विनी) को नाका कपुरकोट प्राकृतिकरुपमा अति सुन्दर, कृषिको रुपमा हेर्दा यहाँको अधिकांश जनताहरु कृषिमा आवद्ध, व्यापार होटेल व्यवसायको लागि पनि राम्रो रहेछ । एउटा कृषकलाई सोधेको प्रश्नानुसार एउटा सिजनमा सामान्य किसानले पनि लगभग रु. ५ देखी ६ लाखसम्मको तरकारी खेतीबाट मात्रै आम्दानी गर्छन ।
उहाँले अझै धेरै समस्याको बाफजुत हामीले उव्जनीमा धेरै मेहनत भएको पनि बताए । जहाँ पानीको अभाव, समयमा वर्षा नहुँदा मेहनत गरेकोे पनि खेर जाने, यदि सरकारले अलिकति टेवा पुग्ने गरि कृषि क्षेत्रमा ध्यानाकर्षण गरेर हामीलाई तालिम र सिंचाईको व्यवस्था गरिदिएको भए हामीले कर्णालीमा मात्रै नभएर नेपालका कुना–कुनासम्म पनि पुग्ने गरि तरकारी उव्जनी गर्न सक्छौँ भनेर ति कृषकले दावी गरे ।
जव कपुरकोटमा पुग्यौं, यहाँको फोकल पर्सन् आदरणीय दाई देवेन्द्रकुमार सेनसँगको भेटमा डिउटीको व्यवस्था मिलाईयो । हामी प्रदेश राजधानीबाट आएका पाँच जना मात्र थियौँ, जसले चौविसै घण्टा डिउटी हेर्न नभ्याउने भएकाले स्थानियलाई डे–सिफ्ट हेर्न लगाएर हामीले नाईट सिफ्ट हेर्ने सल्लाह भयो ।
खुल्ला आकाश शिरशिरे बहने हावा, धुलो धुवामा नेपाल प्रहरी र नेपाली सेनासहित हामी डिउटीमा खटियौं । लकडाउनको अगाडी एक दिनको नाईटमा मात्र करिव १५ सय देखी दुई हजारसम्म यात्रु प्रवेश गर्ने कर्णाली प्रदेशको दोस्रो ठुलो नाकामा दिन प्रतिदिन प्रवेश हुनेको सख्या पनि वढ्दै गयो । कोरोनाको लहर पनि बढ्दै गयो हातमा ईन्फ्रारेट् थर्मोमिटर, अप्रोन, स्प्रीट र ग्लोभ्स लगाएर रोडमा बसेर Screening गर्ने हाम्रो काम थियो ।
जसमा कोरोनाको लहर पनि बढ्दै गईरहेको र कहिले ग्लोभ्स नभएर त कहिले माक्स नभएर पनि सेवामा निरन्तर खटिरह्यौं । प्रदेश सरकारबाट दुरीको आधारमा टाढा भएर हो वा म्यानपावरको संख्या कम भएर हो, हामीलाई चाहिने सामग्रीको अभाव हुँदै जाँदा जस्तो परिस्थीतिमा पनि सकेसम्म कपुरकोट गाउँपालिकाले आफ्नो सतप्रतिशत सामग्री दिएर सहयोग ग¥यौं ।
रोडमा बस्दै गर्दा लकडाउन हुँदै गयो र खाद्यान्न, इमेरजेन्सी र एम्वुलेन्स बाहेक अरु कसैलाई पनि अवातजावतको अनुमति नभएता पनि यहाँ त धेरै किसिमका चत्रिकला, पीडा र समस्या देख्न पाईन्थ्यो ।
हुने खाने, ठुलाबडा र चिनजान भएकाले कसैलाई भेट्न, कोहि माईत जानको लागि भए पनि सिडियो कार्यालयको पास लिएर आउथे भने सर्वसाधरण जनता जसको कसैसँग चिनजान छैन, सम्वन्धीत ठाउँमा पुग्नलाई अथवा आफ्नै घरमा पुग्नलाई करिव ५-६ घण्टा पर्खाईमा रहेर फर्किन पर्ने वा जान पाईने केहि पनि निश्चित हुदैन थियो ।
कस्तो समस्या लिएर आउथे भने त्यसमा कोही देउता लागे मुर्ति लिन जान्छु भन्दै “म आए” “म आए” भन्दै टाउकोमा हात राखेर रुदै कराउदैँ नाङ्गो खालि खुट्टामा र खाली छाती, हाफ पाईन्टमा हिड्दै आएको हुन्थे भने कोहि एकै घरका किशोरअवस्थाका नानीहरु जसलाई खैरावाङ देवी मन्दिरमा पुग्नै पर्ने अन्यथा शरिर काप्ने, हामफाल्न खोज्ने, रुने कराउने रातदिन नसुत्ने न त खाने जसले गर्दा उसको आमा बाबा अन्तीम अवस्थामा आएर गाडी रिजर्व गरी ल्याएका जसलाई ३-४ घण्टा मात्र के राखेको थियो ।
तीन जनै नानीहरु रुन कराउन थाले र उनीहरुलाई थेग्न नै गाह्रो भएको थियो । अन्त्यमा डिएसपी कार्यालायमा रिपोर्ट गरेर गाडी अगाडि बढ्यो, एउटा माता जो खैराबाङ मन्दिरमा नै जानु पर्ने दर्शनको लागी अन्यथा शरिरमा विभिन्न किसिमको अवस्था परिवर्तन हुने ।
जसलाई नेपाल प्रहरी जवानले जिल्लामा रिपोर्ट गर्दा प्रवेश गर्ने अनुमति भएन र उनीहरु एम्वुलेन्समा आउनु भएको थियो फर्काउन आदेश आएपछि माताले विभिन्न किसिमका गाली गर्दै, सराप्दै फर्किदै जानुभयो ।
जव भारतमा लकडाउन खुल्यो, अनी श्रमीकहरुको घर आउने लर्को लाग्न थाल्यो । कोहि हिड्दै, कोही गाडीको छतमा, कोही ट्याक्टरको ट्रालीमा रात मध्यरात ४५ जनासम्म अटाउने गाडीमा कोचाकोच गरेर ६०-६२ जनासम्म ल्याउने, खाली पेट, खाली खुट्टा दुई-तिन दिनदेखी खाना त के पानी पनि नपाएको समस्या दर्शाउदै श्रमीकहरु धमाधम भित्रिन थाले ।
उहाँहरुले भन्नु हुन्थ्यो, “यहाँ आउदा त खाना पानी नखाएको दश दिन नै भए पनि आफ्नो ठाउको हावा र वातावरणले गर्दा खाए झैँ भईहाल्यो ।” यो भारतबाट आउनेको लर्को लाग्दा कुनै गाडीले ल्याएर नाकामै छोडिदिन्थे त, कुनैले सम्वन्धीत ठाउमा पु¥याईदिन्थे ।
जो नाकामा हुन्थ्ये उनीहरुलाई के खाना दिने र कसरी मनोपरामर्श गर्ने हामीलाई हम्मे हम्मे हुन्थ्यो । विचरा बच्चा सहितको आमा, साना–साना केटाकेटी र वृद्धवृद्धा पनि हुने गर्थे, डाँडाको शिरशिरे हावा जाडोमा पनि अति जाडो र खुल्ला आकाशमा खाली पेटमा सम्वन्धीत निकायले नसुनेर गाडी नपठाउन्जेलसम्म ६-७ घण्टा होस् वा रात भरि होस् त्यो खुल्ला सडकमा उहाँहरुको बास हुन्थ्यो । सम्वन्धीत निकायहरुले नसुनेर होला उनीहरुलाई व्यवस्था गर्न धेरै समय लगाउथे ।
अव हाम्रो सुरक्षाको कुरा गर्नु पर्दा, खुल्ला आकाशमा चिसो ठाउमा एकै रातीमा १५ सय देखी दुई हजारसम्म यात्रु आउने नाकामा कहिले विना ग्लोभ्स् त कहिले त्यो एउटा सर्जिकल माक्सले मात्र भए पनि सेवा गरिरहेका थिएम् ।
त्यहि ग्लोभ्स्, स्प्रीट र माक्स व्यवस्था गर्नलाई पनि हाम्रो स्थानीय फोकल पर्शन देवेन्द्र सरलाई हम्मे हम्मे भएको थियो । कहिले आफ्नो व्यक्तिगत त कहिले स्वास्थ्य चौकीको ल्याएर भए पनि जहाँसम्म अवाभ हुन नदिने प्रयासमा हुनुहुन्थ्यो ।
केहि दिन पछिको पीडादायी सेवा पछि प्रदेश अस्पताल सुर्खेतका एक कुशल समाजसेवी, बाल चिकित्सक आदरणीय डा. नवराज के. सी. लाई यो सबै समस्या दर्शायाैँ ।
हाम्रो समस्याको मनन् गर्दै डक्टरले आफ्नो पहलमा प्रदेश सरकारको समन्वयमा १० सेट पि.पि.ई. र केही खाने कुरा, खेलकुदका सामग्री, केही प्रेरणादायीक पुस्तकहरु सहित स्वयम् आफु र सँगसँगै हाम्रो आदरणीय सर सुर्खेत साईन्स एण्ड सर्जिकलका फाउन्डर, कर्णाली प्रदेशका युवा वैज्ञानीक सर राजेन्द्र विष्टले उपहार स्वरुप आफैले उत्पादन गरेको केही सेनिटाईजर र ग्लोभ्स् पनि डक्टरसँगै पठाउनु भयो ।
त्यो सबै सामग्रीसहित आदरणीय डा. नवराज आमन्त्रण हुँदा साच्ची हाम्रो आँखामा हर्षका आशु बगेका थिए । लाग्थ्यो कि, हाम्रो बुवा विदेशबाट आउनु भए छ । यति धेरै साथ माया र हजुरहरुको अतुलनिय सहयोगप्रति सदा–सम्मान अर्पण र सेवामा तल्लीन ती हातहरु सदा अगाडी नै रहिरहुन भन्न चाहन्छौँ ।
संक्रमण पछिको अनुभवः
हरेक कठिनाईको बाफजुत नेपालमा पनि कोभिड–१९का केसहरु बढ्दै गयो, जति केसहरु बढ्दै जान्थ्यो त्यति नै जिम्मेवारीको बोध हुन्थ्यो । सेवामा खटिदा खटिदै, सुरक्षाका मापदण्ड अपनाउदा अपनाउदै म पनि संक्रमण हुन पुगेछु । करिव दुई तिन दिन अगाडिदेखी नै जिउ दुख्ने, १०१-१०२ डिग्री फरेनाइटसम्म ज्वरोसंगै सुख्खा खोकी लागेको थियो ।
त्यसै अनुरुप कपुरकोट गाउँपालिका सल्यानले कोभिडसँग मिल्दा जुल्दा लक्षण भएकालाई ०७७ -०८-२६ गते Nasal Swab संकलन गरी परिक्षणका लागी सुर्खेतमा पठाउने निर्णय गरी सुचना सार्वजनिक ग¥यो । २६ गते Swab लिएर म आफै प्रदेश पशुपंक्षी तथा रोग अन्वेषण केन्द्र सुर्खेतमा ३३ जनाको Swab लिएर गए । जसमा २७ गते आएको नतिजा अनुसार म पनि पोजेटिभ हुन पुगेछु ।
करिव ४ बजेतिरको कुरा थियो म दाईको ससुरालीमा रोटी खानलाई एउटा रोटी समातेर खाँदै थिए । कपुरकोट गाउँपालिकाका स्वास्थ्य संयोजक आदरणीय सर अरुण दाहालको फोन आयो र भन्नु भयो “तिमी जता छौँ घरमा जाउ तिम्रो रिपोर्ट पोजेटिभ आएको छ । होम आईसोलेसन्मा बस केहि परेको खण्डमा सम्पर्क गर्नु Take care ।’’ मैले त एक छिन पत्याइन् र साच्ची हो सर ! भने, अनि रिपोर्ट पठाउनु भयो र confirm भए । अनि त्यसपछि आधा रोटी हातमा समातेर खाँदै घर फर्के ।
जब घरमा आए नियन्त्रण भइसकेको ज्वरो फेरी पूनः आयो, खोकी लाग्न थाल्यो र नाखे रुगा पनि सुरु भयो । घरमा दुइटा बहिनी र भाइ बस्थे । मेरो कोठामा भाइ पनि सुत्ने गथ्र्यो उसलाइ अर्को कोठामा पठाइएर strictly isolated भएर छुट्टै Toilet, छुट्टै कोठा, खाना पनि एक मिटर टाढाबाट राख्न लगाउने लगायत जनस्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै home isolation मा बसे । जति दिन बढ्दै गए त्यती साह्रो भयो जस्तै छाती दुख्ने , जरो आउने, नाक बाट सिगान बग्ने, हाच्छ्यु आउने, घाममा हेर्न नमिल्ने, नाक बुजिने, सास फेर्न गाह्रो हुने , स्वादहिन, गन्धहिन समेत भएको थियो ।
म home isolation बसेको थिए जस्ले गर्दा सर्वप्रथम आफ्नो मनोवललाई उच्च बनाउनु नै उपचारको पहिलो विधि लाग्यो । त्यसपछिको उपचार भनेको तातो पानी पिउने, आफुलाई न्यानो राख्ने, फलफुल प्रशस्त खाने, स्वादहिन भए पनि पटक पटक खानेकुरा खाने, आफुलाइ खुसी राख्ने, ज्वरो धेरै बढेमा सिटामोल खाने र घरेलु उपचार जस्तै टिमुर, अदुवा, मरिच, अलैची आदिको पानी पकाएर पटक पटक पिउने, बाफ लिने इत्यादी गर्दा विस्तारै सुधार हुँदै गयो र ७-८ दिन पछि ज्वरो लगायत अरु सबै लक्षणमा सुधार भयो तर स्वाद र गन्ध भने अलि समय लाग्दो रहेछ ।
अहिलेसम्म पनि राम्रोसँग गन्ध थाहा पाउदैन् । कृपया यो कोरोना महामारीलाइ सामान्य रुपमा नलगौँ, सजग रहौँ, सुरक्षित रहौँ, अनाआवश्यक भिडभाडमा नजाऔँ र जनस्वास्थ्य मापदण्ड अपनाएर मात्र आवत जावत गरौँ ।
अब अन्त्यमा, यो कठिन परिस्थितीको समयमा सेवादेखी लिएर, अहिले संक्र्रमणसम्म हरेक माध्यमबाट मलाई सहयोग, साथ, माया र पटक पटक फोन, म्यासेज आदी इत्यादीबाट हौसला प्रदान गरिरहनुहुने सबैको ऋणी बोध गरेको छु र हजुरहरुलाई यहाँ mention गर्न नभ्याएपनि त्यो सबै हजुरहरुले गरेको माया, साथ र सहयोग प्रति कृतज्ञ छु ।
धन्यबाद !!
(लेखक हेल्थ असिस्टेन्ट हुन् ।)
नेपालीरैबार । २०७७ पुष १२, आईतवार