वीरेन्द्रनगरका जेष्ठ नागरिकलाई न्यानो कपडा, गर्भवतीलाई पोषण सामाग्री (फोटोसहित)

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ४ नम्बर वडापालिकाको सहयोगमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । भने वडा नम्बर २ को सहयोगमा गर्भवतीलाई पोषण सामाग्री वितरण गरिएको छ ।

नियमित कार्यक्रम अन्तर्गत वडा नम्बर ४ का करिब दुई सय बढी जेष्ठ नागरिकले न्यानो कपडा पाएका छन् । बढ्दो चिसोबाट सुरक्षित बनाउन मंगलबार एक औपचारिक कार्यक्रमबिच जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।

जेष्ठ नागरिकलाई न्यानो कपडा तथा गर्भवतीलाई पोषण सामाग्री नगर उपप्रमुख मोहनमाया ढकालको उपस्थितीमा हस्तान्त्रण गरिएको हो । सोही अवसरमा गर्भवती महिलासँग भेटघाट गर्दै उपप्रमुख ढकालले गर्भावस्थामा खानपान तथा स्वास्थ्य चेकजाँचबारे विशेष ध्यान दिन अनुरोध गरिन् । साथै गर्भवती भेटघाटको क्रममा पोषण सम्बन्धि ज्ञान दिईएको छ ।

तपाईको प्रतिक्रिया