श्रीमद्भागवत गीतामा एउटा भनाइ छ ‘परिवर्तन संसारको नियम हो । यहाँ सबैकुरा बद्लिन्छ । यसैले सुख–दुःख, लाभ–हानी, जय–पराजय, मान–अपमान आदि भेदमा एक भावमा स्थित रहेर हामीले जीवनको आनन्द लिन सक्छौं ।’ यही भनाई अनुसार जिन्दगीबाट आनन्द प्राप्त गर्नेमध्य एक व्यक्ति हुन् जीवन ढुंगाना । पश्चिम सुर्खेतको बावियाचौरमा जन्मिएका ढुंगानाको परिवार सम्पन्नशील हो । तर समय र परिस्थितिले उनीमाथि कयौं बज्रपात थपिए ।
तै पनि उनी कहिल्यै विचलित भएनन् । जिन्दगीको गतिलाई परिवर्तनशील बनाउनमा उनले कुनै कसुर पनि बाँकी राखेका छैनन् । बाल्यकालमा किताबको झोेला बोकेर स्कुल जाँदा होस् वा फुर्सदमा साथीहरुसँग खेल्दा ढुंगानाको मानसपटलमा ईन्जिनियर पढ्ने धोको थियो । पढाइमा राम्रै भएकाले एसएलसी पछिको अध्ययन ईन्जिनियर पढ्ने सोच थियो । बाल्यकालमा सोचेका सबै सपना साच्चै पूरा भइदिए त ढुंगाना ईन्जिनियर हुन्थे । तर समय परिस्थितिले उनलाई फौजी बनायो । यो रहर थिएन् बाध्यता पनि थियो । सम्पन्न परिवारमा हुर्किरहेका ढुंगानालाई १० वर्षे जनयुद्धले अभाव झेल्न बाध्य बनायो । पश्चिमका प्रष्ट वक्ता, कुशल व्यापारी र सामाजिक क्षेत्रमा ठूलो परिचय बनाएका जीवन ढुंगानाको जीवन संघर्षबारे प्रदेश रैबारकर्मीले तयार गरेको कुराकानीको सम्पादित अंशः
२०४० सालमा बाबियाचौरमा जन्मिएका हुन् जीवन ढुंगाना । बुवा राजनीतिज्ञ भएपनि उनको परिवारमा अभाव कहिल्यै झेल्न परेन् । ढुंगाना परिवारका सात दाजुभाईमध्ये उनी साईला छोरा
हुन् । विद्याज्योति माध्यमिक विद्यालय वावियाचौरबाट अक्षर चिन्न सुरु गरेका ढुंगानाको बाल्यकालको एक दशक बाबियाचौरमै बित्यो । कक्षा ९ सम्म पढ्दा उनको पढाइ राम्रै थियो । बाल्यकालमा कितावको झोेला बोकेर स्कुल जाँदा होस् वा फुर्सदमा साथीहरुसँग खेल्दा ढुंगानाको मानसपटलमा ईन्जिनियर पढ्ने धोको थियो ।
पढाईमा राम्रै भएकाले एसएलसीपछिको अध्ययन ईन्जिनियर पढ्ने उनीमा सोच थियो । बाल्यकालमा सोचेका सबै सपना साच्चै पूरा भइदिए त ढुंगाना यतीबेला ईन्जिनियर हुन्थे । तर देशमा चलेको दशवर्षे जनयुद्धले उग्र रुप लिएपछि उनलाई पनि अप्ठ्यारो भयो । उनका बुवा (महेन्द्रप्रकाश ढुंगाना) नेपाली काँग्रेसको राजनीतिमा होमिएका थिए । सशस्त्रद्वन्द्वका क्रममा तत्कालिन माओवादीको निशानामा उनको परिवार प¥यो । २०५८ सालमा ढुंगानाको वावियाचौरमा रहेको घर जग्गा सबै माओवादीले कब्जामा लिए ।
बाबियाचौरमा बस्न सक्ने अवस्था नभएपछि उनको परिवार विस्थापित भएर वीरेन्द्रनगर आयो । कक्षा ९ सम्मको पढाइ गाउँमै पढेपनि बाँकी पढाइ पूरा गर्न उनी वीरेन्द्रनगरको जनमाध्यमिक विद्यालयमा भर्ना भए । त्यो समयमा ढुंगानाको अभावका दिन सुरु भए । बाबियाचौर जस्तो सहज वीरेन्द्रनगरमा भने थिएन । ‘सहज एउटै कुराको थियो । त्यो यहाँ सुरक्षा थियो । तत्कालिन माओवादीको डरत्रास थिएन् ।
सुरक्षित थियौं,’ ढुंगानाले विगत सम्झिएर भने ‘तर बाबियाचौर जस्तो स्वतन्त्र वीरेन्द्रनगरमा थिएन् । ठूलो परिवार भएकाले आर्थिक अभाव भयो । जिन्दगीको सबैभन्दा अभावको ठूलो खड्को त्यही बेला प¥यो । जुन सम्झन लायक पनि छैन ।’ जनमाविमा पढ्दा पढ्दै सशस्त्र प्रहरीमा जागिर खुल्यो । उनले आवेदन दिए र नाम पनि निकाले ।
१९ वर्षमै फौजी
माओवादीले विस्थापित गरेपछि बाल्यकालमा ईन्जिनियर बन्ने सपनामा चकनाचुर बनाइसकेको थियो । जब विस्थापित भएर वीरेन्द्रनगर बसेर पढ्न थाल्दा झन आर्थिक अभाव झेल्न उनलाई बाध्य पारिरहेको थियो । एसएलसीको तयारी गर्दागर्दै ढुंगाना १९ वर्षको उमेरमा नागरिकहरुको जिउ र धनको सुरक्षार्थ फौजीमा होमिए ।
‘जागिर गर्नुको दुई वटा उदेश्य थिए । एउटा कमजोर आर्थिक अवस्थालाई मजबुत बनाउने र अर्को नागरिकहरुले अनाहकमा द्वन्द्वको समयमा विस्थापित भएर असुरक्षित हुनबाट रोक्ने,’ ढुंगाना भन्छन्, ‘पढाइमा ब्रेक लागेपछि फौजी यात्रा शुरु भयो । यसले थोरै भएपनि परिवार र आफ्नो खर्च धान्नमा सहज पा¥यो ।’
सामाजिक सेवा गर्न जागिर त्यागे
ढुंगानाले जागिर खाएको तीन वर्षमै सशस्त्र द्वन्द्वको अवसान भयो । देशमा शान्ति सम्झौता भएपछि विकासका गतिविधिले लय लिन थाले । धरासायी भएको आर्थिक क्षेत्र मजबुत बन्दै जान थाल्यो । विस्थापितहरु गाउँ फर्कन थाले । जागिर भनेको व्यक्तित्व बनाउने रहेछ भन्ने संकेत उनले सशस्त्र प्रहरीमा रहँदा बुझे ।
जागिरमा रहँदा सामाजमा केही गर्न नसकिने संकेत पाए । लामो समसम्म जागिरमै रहँदा बुढेसकालमा अवकास लिएर खास उपलब्धी हुने ढुंगानालले बुझेपछि सशस्त्र प्रहरीमा जागिर खाएको आठ वर्षमै जागिरबाट राजिनामा दिए । त्यसको सात महिनापछि उनले वावियाचौरमा ढुंगाना सिसा पसलबाट व्यापारको सुरुवात गरे ।
‘जागिरबाट आउने तलबले घर खर्च धान्नै ठिक्क हुने भयो । ५ कक्षामा पढ्दा ढुंगानाले चित्रकलाका शौखिन थिए । उनले त्यही बेला सुर्खेतमा धेरै कार्यालयहरुका नाम पनि लखेको बताउँछन् । ‘व्यापारबाट आर्थिक वृद्धि गराउने र सामाजिक क्षेत्रमा काम गर्न सकिने भएकाले जागिर छोडे,’ ढुंगानाले भने, ‘ परिवर्तन संसारको नियम हो । विगतमा भएका अभावलाई सम्झिएर मात्रै जिन्दगी चलाउने हो भने खास उपलव्धी हुँदैन । समयानुकुल जिन्दगी बनाउन व्यापार यात्रासँगै सामाजिक सेवामा सर्मपित हुने उदेश्यले सन्तुष्टिका लागि व्यापार यात्रा सुरु गरेको हुँ ।’
पारदर्शी, ईमान्दार र प्रष्ट वक्ता
ढुंगाना ईमान्दार व्यक्तित्व भएको पुष्टि हुने उनले गरेको व्यापार र सामाजिक क्षेत्रको कामले देखाएको छ । घाटामा गएको बावियाचौर लघु जलविद्युत र खमारी खोला जलविद्युतलाई नाफामा पु¥याइदिने यीनै ढुंगाना हुन् ।
आफ्नो व्यापारलाई समायानुकल बनाउँदै बाबियाचौरमा सुविधा सम्पन्न होटल डेभिट सञ्चालनमा ल्याउने तयारीमा छन् । खोलामा खानेपानी लिन जान बाध्य बाबियाचौरका नागरिकलाई शुद्ध (मिनरलयुक्त) पानी उपलब्ध गराइरहेका छन् । अन्याय, अत्याचार र भ्रष्टचारबारे खरो बोल्ने प्रष्ट वक्ता पनि हुन् ढुंगाना । व्यापारसँगै उनी बाबियाचौर लघु जलविद्युत आयोजनाको कोषाध्यक्ष बने । सामाजिक क्षेत्रको पहिलो काम त्यही आयोजनाबाट ढुंगानाले सुरु गरे ।
‘सामाजिक क्षेत्रमा प्रवेश गराउने गोल्डेन अवसर दिने आयोजना त्यही हो,’ ढुंगाना भन्छन्, ‘संस्थामा रहँदा लोडसेडिङ्गको अन्त्य र घाटामा गएर ऋणमा डुबेका संस्थालाई ऋणमुक्त गराए ।’ तीन वर्ष संस्थाको कोषाध्यक्ष बनेका ढुंगाना त्यही बेला बाबियाचौर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष थिए । खानेपानी संस्था भए पनि नागरिकका समस्या पानी लिनकै लागि खोला धाउनुपर्ने बाध्यता थियो । आफ्नो कार्यकालमा उनले २४ सैं घण्टा नागरिकको घरघरमा खानेपानी पु¥याउन सफल भएका छन् ।
संस्थाबाट बावियाचौरका दुई हजार ४० जना नागरिक लाभान्वित बनेका छन् । ‘मिनरलयुक्त पानी वितरण गरिरहेका छौं,’ ढुंगानाले भने, ‘पानीकै कारण कुनै उपभोक्ता विरामी भएमा त्यसको सबै जिम्मेवारी संस्थाले व्यहोर्ने गरी पानी वितरण गरिरहेका छौं ।’
बाबियाचौर खानेपानीको सुरुवात गर्ने उनका बुबा (महेन्द्रप्रकाश ढुंगाना) हुन् । संस्थापक अध्यक्ष समेत बनेका बुबाको सपना नागरिकलाई स्वच्छ खानेपानी पु¥याउने थियो । त्यही सपना पूरा गर्न आफू सफल भएको ढुंगाना बताउँछन् ।
ढुंगाना उक्त संस्थाको दोस्रो कार्यकालका अध्यक्ष समेत हुन् । केशवराज पाठकले सुरुवात गरेको खमारी खोला लघु जल विद्युतको अध्यक्ष समेत भएका ढुंगानाले एक हजार दुई सय नागरिकलाई नियमित विद्युत सेवा दिन सफल भए । एक दिनपछि विद्युत सेवा लिन बाध्य नागरिकले नियमित रुपमा विद्युत सेवा लिन पाएका छन् । संस्थालाई सफल बनाएका ढुंगानाले केही साता अघि मात्रै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेका छन् ।
राजनीतिक यात्रा
बुबा नेपाली कांग्रेसमा आस्थावान भएकाले उनी ५ कक्षा पढ्दा नै राजनीतिमा सामान्य चासो राख्थे । सक्रिय राजनीतिमा भने उनी सशस्त्र प्रहरीको जागिर छोडेपछि लागेका हुन् । ‘बुवाको प्रेरणाले राजनीतिमा होमिएको हुँ,’ ढुंगानाले भने, ‘२०७३ सालमा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको क्षेत्रीय अध्यक्ष पदमा आवद्ध छु ।’ राजनीतिज्ञप्रति जनाताको भरोसा हुन्छ । उनीहरुको आवाज राजनीतिज्ञले अभिभावकत्व निर्वाह गरेर पूरा गर्नुपर्छ ।
त्यसैले ईमान्दारी र आफूमा प्रष्ट लगाव हुन जरुरी रहेको ढुंगानाले बताए । ‘क्षणिकताले सफल राजनीतिज्ञ बन्न सकिदैन । त्यसैले निर्णय गर्ने शाहस र त्याग गर्न सक्ने सामथ्र्यता आफूमा हुन जरुरी छ,’ उनले थपे ।
जीवन रहेसम्म संघर्ष सकिदैन
जिन्दगी संघर्षशील भएकाले परिवर्तित समयअनुसार चल्नसके मात्रै खास उपलब्धी हासिल गरिने ढुंगाना बताउँछन् । ‘जीवनको अन्तिम घडीसम्म सास रहुञ्जेलसम्म संघर्ष गर्न छोड्नुहुँदैन्,’ ढुंगाना भन्छन्, ‘सम्पन्नशील परिवारको सदस्यमा हुर्किएको मैले अभाव झेलेर आज यो सफलता ग्रहण गर्न सकेको छु ।
अरुको भलाई हुने काम गर्ने र विचलनबाट विचलित नभएमा सफल भइन्छ भन्ने सिकाई जिन्दगीबाट सिकेको छु ।’ परिवारको साथ सहयोगबाट व्यापार यात्रा, नागरिकको साथ र समर्थनले खानेपानी तथा विद्युत आयोजनालाई सफल बनाउन सहयोग पुगेको ढुंगानाको भनाइ छ । उनले आफ्नो ढुंगाना ग्रुपमा १० जनालाई रोजगारी पनि दिएका छन् ।
सुरेश आचार्य । २०७७ पुष १५, बुधबार