सुनको भाउ ४०० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज उकालो लागेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ वृद्धि भएको छ।

 महासंघले छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण गरेको छ। बिहीबार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। बिहीबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने आज पनि स्थिर छ। चाँदी तोलामा एक हजार ३०० रुपैयाँमा कारोवार भएको छ ।

तपाईको प्रतिक्रिया