हिरासतमा रहेकी विद्याको ठगी धन्दा

राहतको नाममा दैलेखका पालिकासँग सहकार्य, व्यक्तिबाट ठगी

सुर्खेत । कोरोना महामारीपछि देशमा लकडाउन भयो । लकडाउनका कारण सबै क्षेत्र आर्थिक समस्यामा परे । सोही समयमा समाजसेवाको नामा आफूलाई अभियन्ता ठान्ने इटहरीकी २३ वर्षीया विद्या सरकार दैलेख पुगिन् । स्रोतका अनुसार उनको फेसबुकमा नाम विद्या शर्मा हो ।

राहत वितरण गर्दै विद्या

राहत वितरण गर्ने उद्देश्यले दैलेख आएर उनले दुई पालिका (नारायण नगरपालिका, ठाटिकाँध गाउँपालिका) र एभरेष्ट क्लव नामक संस्थाको सहकार्यमा केही स्थानमा राहत समेत बाडिन् ।अहिले तीनै विद्या सरकार ठगी मुद्दामा महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनले दैलेखका तीन जना युवासँग अमेरिकाकाको रेडक्रस शाखामा काम लगाइदिने भन्दै ६० लाख रुपैयाँ असुलेकी छन् । ३० नगद र ३० लाखको उदारोमा राहत सामग्री बाडेर ठगेकी हुन् ।

आफुलाइ अभिन्यता सम्झने विद्या राहत वितरण कार्यक्रमको लागि सहकार्य गर्न पहिलो पटक नारायण नगरपालिका पुगिन् । उनले नगर प्रमुख तथा नगरपालिका सबै कर्मचारीलाई आफ्नो परिचय दिदै सिंगापुर रेडक्रस इन्टरनेसनलको नेपाल स्थित सिइओ बताइन् । उनको कुरा सबैले विश्वास मानेर राहत वितरणमा सहकार्य गरे ।

नारायण नगर प्रमुख रत्नबहादुर खड्काले भने ‘देश लकडाउनमा परेकोबेला न्यून वर्गका घरपरिवारलाई राहत बाड्न आएकी विद्यालाई हामीले धन्यबाद दियौं । तर उनकोगलत नियतबारे थाहाँ भएन ।’ नगरपालिका, एभरेष्ट क्लव दैलेख र विद्या सरकारको सहकार्यमा दैलेखका विभिन्न ठाउँमा राहत वितरण गरियो ।

नगर प्रमुख खड्काले राहत वितरणका लागि विद्या सरकारलाई चिठी समेत लेखे । त्यसपछि विद्याले राहत सामान समेत तत्काल उपल्बध गराईन् । त्रिपाल, माक्स, सेनिटाइजर दिएकी हुन् । उक्त सामान वडाध्यक्ष तिर्थनाराय श्रेष्ठको पहलमा नमुना बस्तीमा वितरण गरियो । उक्त राहत सामाग्री विद्याले उदारोमा ल्याएर दिएकी थिईन् । उनले जिल्ला प्रसाशन कार्यालयलाई समेत झुक्याईन् ।

यता ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले भने, ‘लकडाउनमा दैलेख बजार जादाँ राहतको लागि सहयोग गर्ने निकाय छ भन्ने कुरा सुनेर विद्यासँग भेट भयो । हामीलाई एकातिर कोरोना कहर र अर्कोतिर भोकमरीले साताएको थियो । त्यसैले विद्यासँग राहत स्वरुप पाल मागेर एभरेष्ट क्लवको सहकार्यामा बाड्यौँ ।’

यसरी दैलेख पुगेकी हुन्ः विद्या सरकार
दैलेख पुग्नुअघि दैलेखका एक जना विवेक थापा नामक युवकलाई फेसबुकमा साथी बनाइन् । उनी एक जना प्रहरी निरीक्षकका आफन्त हुन् । ती प्रहरी निरीक्षकमार्फत् फेसबुकमा साथी बनाएर उनले दैलेखमा राहत बाँड्ने प्लान बनाएकी हुन् । थापालाई पनि सिंगापुर रेडक्रस इन्टरनेसनलको नेपालस्थित सिइओ भनेकी थिइन् । त्यहाँ पुगेपछि विद्याले थापा र अन्य दुई जनालाई अमेरिका पठाइदिने भनिन् ।

‘अमेरिकाकाको रेडक्रस शाखामा काम लगाइदिने भनिन् । हामी पैसा खर्च गर्न तयार भयौं’ थापाले भने, ‘तीन जनाबाट उनले ६० लाख रुपैयाँ लिइन् । बाँकी ३० लाखको राहत सामग्री किन्न लगाइन् । थापाले चिनजानका व्यवसायीबाट उधारोमा सामग्री मगाए । सामाजिक काम न हो अहिले मिलाऔं, उहाँ ठूलै मान्छे हुनुहुँदो रहेछ भनेर उधारोमा राहत किनेर बाँडियो ।’

अहिले त्यो पैसा कसले तिर्ने ठेगान छैन । तर आफुलाई ताकेता आउने गरेको उनको भनाइ छ । विद्याले जिल्ला प्रशासन कार्यालयकै कर्मचारीहरूसँग मिलेर राहत बाँडेकी थिइन् । विद्या भारत, मलेसिया, दुबई, इन्डोनेसियालगायत देश घुम्ने गर्थिन् । दरबारमार्गका महंगा रेष्टुरेन्ट र रात्री क्लबमा उनले समय बिताउने गरेको देखिन्छ । उनको फेसबुकको प्रोफाइलमा नेता तथा सामाजिक प्रतिष्ठा आर्जन गरेका व्यक्तिहरूसँग खिचाईएका तस्बिर देखिन्छन् ।

विद्याले कोरोना महामारीका कारण देश लकडाउन हुदाँ राहत वितरणका लागि दैलेख आएकी अभियन्ता ‘विद्या सरकार’ अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छिन् । दैलेखका तीन युवाले जाहेरी दिएपछि विद्यालाई प्रहरीले पुस ६ गते हिरासतमा लिएर अनुसन्धान थालेको हो । ६ गते प्रहरीले पक्रन सफल भएको हो ।

विद्यालाई हिरासतमा राखेपछि उजुरीकर्ताहरूको ओइरो नै लागेको छ । स्रोतका अनुसार समाजसेवाका नाममा ठगी धन्दा गर्ने विद्या सरकार आखिर को हुन ? काठमाडौं प्रहरी अहिले उनको नालीबेली खोजिरहेको छ ।

तपाईको प्रतिक्रिया