एजेन्सी । एक प्रेमीले आफ्नी प्रेमिकासँग चुम्बन माग्दा जेल पुगेका छन् । घटना भारतको चेन्नईमा भएको हो।
चेन्नईमा एक प्रेमीले आफ्नी प्रेमिकासँग एक चुम्बन मागेका थिए। तर, प्रेमिकाले प्रेमीलाई एक अनौठो प्रस्ताव राखिन् । सर्त यो थियो की प्रेमिकाले उनीसँग चेन्नईको सडकमा बुर्का लगाएर घुमेपछि मात्रै चम्बन दिइनेछ ।

जस अनुसार युवक चेन्नईको रोयायेट्टा इलाकामा बुर्का लगाएर घुम्न थाले। उनले बुर्का लगाएका थिए भने खुट्टामा चप्पल लगाएका थिए । उसलाई देखेर मानिसहरु चोर चोर भन्दै कराउन पनि थाले ।
त्यो देखेर मानिसहरुले उनलाई महिला नभएको शंका गर्दै केही समयपछि चोर भन्दै उसलाई समातेर प्रहरीको जिम्मा लगाए ।
सोधपुछका क्रममा युवकले आफ्नी प्रेमिकाको सर्तका कारण बुर्का लगाएर घुम्नुपरेको बताएका छन् ।










नेपालीरैबार । २०७७ पुष २२, बुधबार