ओडारमा बस्दै आएकी दैलेखकी बृद्धाको उद्धार, मुहारमा खुसी

सुर्खेत । विगत ९ महिनादेखि जुम्लाको गच्चु साँघु ओडारमा बस्दै आएकी दैलेखकी बृद्धाको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको पहलमा उनलाई उद्धार गरी मानव सेवा आश्रम सुर्खेतमा राखिएको हो ।

यस्तो थियो अवस्था :

दैलेखकी वृद्ध महिला : ९ महिनादेखि जुम्लाको गच्चु ओडारमा बास

लामो समयदेखि ओडारमा बस्दै आएकी उनलाई अत्याधिक चिसोले सताएको थियो । खुला ओडारमा रात काटिरहेकी उनलाई उद्धार गरिएपछि खुसी भएकी छन् । माता नाम बताउने उनी विगत ९ महिनादेखि चन्दननाथ नगरपालिका–३ स्थित गच्चु साँघु ओडारमा बस्दै आएकी थिईन् ।

तपाईको प्रतिक्रिया