पार्टी हाम्रो भनेर गफ नगर्न प्रचण्ड-नेपाल समूहलाई ओलीको सुझाव

धनगढी । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्धीवाला नभएको बताएका छन्। शुक्रबार कैलालीको धनगढीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रतिनिधिसभा विघटनपछि पार्टीबाट अलग भएको समूहप्रति व्यङ्ग्य गर्दै ओलीले यस्तो भनेका हुन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालतर्फ लक्षित गर्दै ओलीले नेकपा सम्धी, छोरी, ज्वाइँ, भतिजा, भाइ बुहारी र सालोवाला पार्टी नभएको प्रष्ट पारे।

उनले पार्टी हाम्रो भनेर गफ नगर्न प्रचण्ड-नेपाल समूहलाई सुझावसमेत दिए। ‘उहाँहरुले ठूलाठूला कुरा गर्नु भएको छ। पार्टी उहाँहरुको अरे १ जसलाई छोरीको मतलब छ। जसलाई बुहारीको मतलब छ। जसलाई जनताको मतलब छैन। जसलाई आफन्तको मतलब छ। तिनको पार्टी हो कि तपाईंहरुको पार्टी हो यो ? यो पार्टी सम्धीवाला होइन’, ओलीले भने, ‘यो पार्टी छोरी–बुहारीवाला पार्टी होइन। यो पार्टी भाइ भतिजावाला पार्टी होइन। यो पार्टी तपाईंहरुको पार्टी हो। देश बनाउने पार्टी हो। यो जनताको पार्टी हो । त्यसकारण उहाँहरुले निरर्थक गफ नगरे हुन्छ।’

ओलीले नेकपा आफ्नो भन्न पहिला उनीहरुले मन र मानसिकता परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनीहरुको मन आफन्तरितबाट देशतिर लगाउनुपर्ने ओलीको भनाइ छ। प्रचण्ड र नेपालको आँखा कमाउनेतर्फ भएको भन्दै ओलीले उनीहरुको चर्को आलोचना गरे।

तपाईको प्रतिक्रिया