निरञ्जनाको मुक्तक संग्रह ‘निरुपण’ विमोचन

सुर्खेत । सिम्ताली चेली निरञ्जना चन्द (निरु) को दोस्रो कृति मुक्तक संग्रह ‘निरुपण’ लोकार्पण गरिएको छ । सिम्ताली एकता समाज सुर्खेतको आयोजनामा भएको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो । सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले पुस्तक विमोचन गरेका हुन् ।

विमोचनका क्रममा उनले निरञ्जनाको अदभूत कलाको सम्मान गर्नुपर्ने बताए । सिम्तामा जन्मेर विभिन्न क्षेत्रमा कर्मथलो बनाएपनि सिम्ता प्रतिको माया उनको कृति, कला र साहित्यबाट प्रघाढ बन्दै गएको उनको भनाइ छ । निरञ्जना सिम्ता गाउँपालिका-८ सुर्खेतमा जन्मेर हाल बाँसगढी-८ वर्दियामा बस्दै आएकी छन् । उक्त विमोचनको समिक्षा साहित्यकार खगेन्द्र अधिकारी अमृत ले गरेका थिए ।

जन्मभुमिको मायालाई मुटुमा राखेर कृति सार्वजनिक गर्न सिम्ता पुगेकी निरञ्जनाप्रति उनले धन्यवाद व्यक्त गरे । उनको कृतिमा राजनीतिक अस्थिरता, भेरी नदिको तिलाम्मे कलकल पानी, विकास निर्माण कार्य, नारिमाथिको विवेध, जातीय छुवाछूत र सिम्ताली उर्वर भुमि जस्ता विषयवस्तु समेटिएका छन् ।

भने सिम्ताका लोकशुसेलि, कला, संस्कृति र गलाका विषयमा चिरफार गरिएको छ । सिम्ताली एकता समाज सुर्खेतका अध्यक्ष ललित सिंहको अध्यक्षतामा विमोचन कार्यक्रम सम्पन्न भएको विष्णु महताराले जनाए ।

तपाईको प्रतिक्रिया