कर्णाली सुपर मार्ट सञ्चालनमा आयो, अर्डर अनुसार सबै सामाग्री उपलव्ध

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक दैनिक उपभोग्य सामग्री एकैठाउँ पाइने द कर्णाली सुपर मार्ट सञ्चालनमा आएको छ । वीरेन्द्रनगर–६ खोर्के लाइनमा झण्डै दुई करोडको लागतमा निर्माण गरिएको मार्ट माघे संक्रान्तिको अवसरमा आजदेखि सञ्चालनमा आएको हो ।

मार्टमा दैनिक उपभोग्य फ्रेसदेखि फोजनसम्मका सामग्री रहेको सञ्चालक तेजेन्द्र कार्कीले जानकारी दिए । कार्कीसँगै कृष्णबहादुर भण्डारीको समेत मार्टमा लगानी छ । बदलिदो समयक्रमअनुसार व्यवसायलाई उपभोक्ताको मागअनुसारका सबै सामग्री मार्टबाट उपलव्ध हुने कार्कीले जानकारी दिए ।

यसअघि रोजगारीका लागि विदेश गएका कार्कीले विदेशको सीप आफ्नै भूमिमा केही गर्न मार्ट सञ्चालन गरेका हुन् । ‘रोजगारीका लागि विदेशी भुमीमा चार वर्ष बसे,’ कार्कीले भने, ‘गरिरहेकै व्यवसायलाई अलि फरकशैलीमा रुपान्तरण गरेर व्यवसायमा आवद्ध भएको हुँ ।’

उनका अनुसार उपभोक्ताले चाहेको सामग्री फोनबाट अर्डर समेत गर्न सक्नेछन् । अर्डर अनुसार सामान सिँधै घरमै पु¥याइदिने व्यवस्था छ । मार्टमा १५ जनाले रोजगारी समेत पाएका छन् ।

तपाईको प्रतिक्रिया