खानेपानी व्यवस्थापनमा भ्रष्टाचार गरेको भन्दै मेयरलाई बाँधियो रुखमा

खानेपानी व्यवस्थापनमा भ्रष्टाचार गरेको भन्दै एक नगरका मेयरलाई स्थानीले रुखमा बाधेका छन् ।

मेक्सिकोको दक्षिणी भागमा रहेको चियापास राज्यको एक नगरका मेयर अस्कर रामिरेजलाई आक्रोशित नगरवासीहरूले रुखमा बाँधेका हुन ।

सोमवार फ्रोन्टेरा कोमालापा शहरका बासिन्दालाई मेयर रामिरेजले विभिन्न सार्वजनिक परियोजनाको बारेमा प्रस्तुति दिइरहेका थिए ।

त्यसक्रममा ११ वटा समुदायका प्रतिनिधिहरूले रामिरेजलाई खानेपानी प्रणालीको बिजोक अवस्थाका बारेमा प्रश्न गरे । चित्तबुझ्दो जवाफ नआएपछि उनलाई समातेर रुखमा बाँधिदिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया