जिल्लाको पञ्चपुरी नगरपालिका–४ बराइचेकी मिना शाही उमेरले २७ वर्षकी भइन् । पहिले उनको घरपरिवारमा आर्थिक अवस्था नाजुक थियो । निम्न वर्गको परिवारमा जन्मिएकी मिना घरको जेठीछोरी भएकाले उनका बुबाले १८ वर्षकै उमेरमा विवाह गराइदिए । २०५० जेष्ठ ११ मा बुबा हेमराज र आमा गौतमी शाहीको कोखबाट जन्मिएकी उनी घरको पहिलो सन्तान हुन् । उनी वडा नम्बर ८ दुलालथाई गाउँमा जन्मिएकी हुन् ।
उनको घरमा पाँच भाई, चार बहिनी गरेर उनका नौ भाईबहिनी छन् । परिवार संख्या धेरै भएपछि घर खर्च सञ्चालनमा समेत उनका बुबा आमालाई हम्यहम्य भयो । सोही कारण उनले पढ्न पाइनन् । र भाइबहिनीको सेवामा लागिन् । उनका बाबा हेमराज मजदुरीका लागि भारत जाने आउँने गथ्र्ये । मिना भन्छिन् ‘बुबा मजदुरीको लागि भारतमा हुनुहुन्थ्यो भिरमा कामगदैँ गर्दा अचानक भिरबाट खसेर गम्भिर चोट लाग्न पु¥यो । त्यसपछि गाउँहरुले बुबालाई घरमा ल्याइदिनुभयो । पछि बुबाले कुनै पनि काम गर्न नसक्दा ममाथि साना भाइबहिनीको हुर्काउने जिम्मेवारी थपियो ।’
सरकारी तहमा पूँजी निर्माण कमजोरस्तरका कारण औद्योगिक क्षेत्रमा ठूलो निजी पूँजी आकर्षित गरी निर्यात बढाउन सकिने सम्भावना पनि कम रहेकाले आन्तरिक मागमा आधारित आर्थिक वृद्धि मोडेलमार्फत् उच्च आर्थिक वृद्धि गर्न सकिने सम्भावना आकलन गर्न सकिन्छ।
कक्षा ३ पछि उनले विद्यालय समेत जान छोडिन् । आफूसँगका साथीहरु विद्यालय गएको देख्दा उनलाई पनि रहर लाग्थ्यो । तर बाध्यताले उनले पढ्न छोडिन् । ‘भाग्यमा पढ्न लेखेको रहेनछ भनेर दुखी हुँदै चित्त बुझाउँथे । घरमा आमालाई सघाउँदै हरेक दिन घास काट्ने र बाख्रा चराउने काम गरेँ’ उनले थपिन्, ‘माइतिमा घरमा मेरो दुःख देखेर बुबाले विवाह गरिदिने निणर्य गरे । विवाह गरेपछि केही सुःख हुन्छ होला भन्ने ठानेर विवाह गर्न मनजुर भएँ । तर समस्या थप भयो ।’ उनका अनुसार विवापछि व्यवसाय गर्न आर्थिक स्रोत भएन । चिन्ता मानेर बस्ने अनी कुटो, कोदालो गरेर जिविका चलाउनुपर्ने बाध्यता भयो । दुख गर्दै हुर्किएकी उनी विवाहपछि आमा बनिन् ।
आर्थिक अवस्था कमजोर बन्यो । उल्टै माइतिघरबाट अन्न माग्नुपर्ने अवस्था आयो । त्यहीबेला मिनाले गाउँमा कता–कता आवाज संस्थाका केही सहयोगी कार्याक्रमहरु लागू भएको जानकारी पाइन् । आवाज संस्था सुर्खेतले उनको गाउँमा महिला समूह गठन गरेर काम गरिरहेको थियो । त्यस समूहका मीना पनि सदस्य भइन् । उक्त संस्थाले महिनाका एक पटक समूहको बैठक बसालेर सदस्यको आर्थिक अवस्था सुधारका लागि आयआर्जनका काम गर्न मिनाको नाम सिफारीस ग¥र्यो । उक्त सिफारिस लगेर मिना वडा कार्यालय गइन् । वडा कार्यालयले पनि आर्थिक अवस्था कमजोर भएको भन्दै स्वीकृत दिएपछि उनी छनोट भइन् ।
‘त्यो दिन मेरो जिन्दगीको अमुल्य दिन बन्यो । त्यसपछि मैले नयाँ जिन्दगी पाएँ । आवाज संस्थाले मेरो जीवन नै बदलिदियो’ उनले भनिन्, ‘आर्थिक अवस्थाले थला पारेको मेरो परिवारलाई आवाज संस्थाले माथि उकास्न धेरै सहयोग गरेको छ ।’ संस्थाले दिने सबै तालिम प्राप्त गरिसकेपछि उनलाई पहिलो पटक संस्थाबाट सहयोग रकम स्वरुप १३ हजार रुपैयाँ पाइन् । मिनाले उक्त रकमले बाख्रा किनेर पाल्ने निर्णय गरिन्े । संस्थाले बाख्राको खोर सम्बन्धि तालिम, बाख्रामा लाग्ने रोग तथा उपचार, डाले घाँसहरुको बारेमा सिपमुलक तालिम दिए पश्चाप मिनालाई एक बाख्रा र सानो एक बोका खरिद गरेर दिइयो ।
मीनाको मेहनतबाट बाख्राले केही समयमै दुईवटा बोका पायो । तीन महिनापछि सानो बोका नौ हजार बिक्रि भयो । उक्त रकमबाट उनले फेरि दुईवटा पाठी खरिद गरिन् । उक्त पाठिलाई पछि सात÷सात हजारले बिक्रि गर्न सफल भईन् । अनी मिनाको व्यवसायसँगै आर्थिक अवस्था पनि विस्तारै सुध्रिदै भयो । उनलाई व्यावसायिक बनाउँनमा आवाज संस्थाको महत्वपुर्ण सहयोग रहेको छ ।
उनले हाल खसी, बाख्रा खरिद, बिक्रि समेत गर्न थालेकी छन् । घर खर्च सञ्चालनमा सहज छ । उन्नत जातको बोको, बाख्रा समेत पाल्न थालिसकेकी छन् । अहिलेउनको व्यवसाय लाखौंमा परिणत भएको छ । उनको व्यावसायिक यात्रा देख्नेहरु पनि दंग छन् । घरपरिवार पनि ख्ुसी छन् । घरमा सासु÷ससुराले पनि उनको खुब प्रसंशा गर्छन् । आफुले पढ्न नपाएपनि आफ्ना छोराछोरीलाई पढाउने लक्ष्य छ ।
आवाज संस्थाका कार्यक्रम व्यवस्थापक सुशीलकुमार कार्कीले मिनाजस्तै आर्थिक अवस्था कमजोर भएका अन्य ३० जना उद्यमीलाई संस्थाले सहयोग गरेको बताए । ‘तीन दिने सिपमुलक उद्यमशिलता विकास तालिमपछि उनीहरुलाई व्यवसाय सञ्चालन गर्न लगाउँछौ’ उनले भने, ‘तालिममा उद्यम तथा व्यवसाय गर्दा हुने फाइदा, सम्भावित व्यवसायबारे जानकारी, व्यवसायिक योजना निर्माण जस्ता धेरै कुरा सिकाइन्छ ।’
सुरेश आचार्य । २०७७ माघ ८, बिहीबार