फेसबुक प्रयोगकर्तामाझ अहिले चर्चित छ, लाइभ सेवा । सामान्य अवसर होस् या ठूलाठूला सभा समारोह नै किन नहोस् धेरैले फेसबुक लाइभको सहारा लिने गरेका छन् ।
तर, यो सेवामा अब फेसबुकले कडाइ गर्ने भएको छ । फेसबुकले हिंसाको लाइभ र यसबारेकाे सामग्री शेयरिङ रोक्नको लागि ‘वान स्ट्राइक पोलिसी’ बनाएको छ ।
कम्पनीले न्यूजील्याण्डको क्राइटचर्चामा भएको हमलाको लाइभ फेसबुकबाट भएपछि यस्तो निर्णय गरेको हो । बीबीसीका अनुसार जसले हिंसालाई प्रसय दिने भिडियो लाइभ प्रशारण गर्छ, उसको लाइभ स्ट्रिमिङ फिचर दुरुपयोगको ठहर भएमा फेसबुकले यो सेवामा प्रतिबन्ध लगाउन सक्छ ।
यो निर्णयसँगै अब यदि कसैले आफ्नो फेसबुकबाट हिंसात्मक भिडियो लाइभ गरेमा फेसबुकले एक्सन लिन सक्नेछन् र निश्चित समयको लागि प्रतिबन्ध लगाउने छ । समाचारअनुसार पहिलो चरणमा एक महिनाको प्रतिबन्ध लाग्नेछ । फेसबुकले न्यूजील्याण्डमा भएको आतंकवादी हमलाको क्रममा भाइरल भएका भिडियो डिलिट गरेको पनि बताइएको छ । सो हमलामा ५१ जनाले ज्यान गुमाएका थिए ।
नेपालीरैबार । २०७७ माघ १०, शनिबार