तार चुडिदाँ सुर्खेतमा विद्युत सेवा अवरुद्ध, मर्मत हुदैं

सुर्खेत । कोहलपुर-सुर्खेत खण्डको मुरूली खोलामा विद्युतको तार चुडिदाँ सुर्खेतमा विद्युत सेवा अवरुद्ध भएको छ । तार चुडिएको स्थान पत्ता लागेपछि अहिले विद्युत मर्मतका लागि टोली समेत परिचालन भएको छ । मुरूली खोला सुर्खेत भेरीगंगा नगरपालिकादेखि दक्षिणतर्फ हर्रेभन्दा उत्तरतर्फ बिच भागमा पर्दछ ।

तार कसरी चुडियो भन्ने कारण पत्ता लागेको छैन । मर्मतका लागि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतबाट प्राविधिक टोली खटिएको हो । अहिले मर्मतको काम जारी रहेकाले आजै राती ११ बजेसम्म विद्युत सेवा सुचारू हुने केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया