जुम्ला । जिल्लाको तिला गाउँपालिका ७ पोख्रि स्थित गोठीगाउँका आगलागी पीडितलाई समाजसेवी युवा अमर विष्टले ४० हजार बराबरको खाद्यान्न सहयोग गरेका छन् । बुधबार बेलुकी भएको आगलागीबाट बिचल्लीमा परेका स्थानीयलाई उनले खाद्यन्न सहयोग गरेका हुन् ।
जुम्लाकै पातारासी गाउँपालिका ६ उर्थुका समाजसेवी युवा विष्टले ३५ हजारको चामल, तिन हजारको नुन तेल र २ हजारको कापी कलम सहयोग गरेका हुन् । यसअघि युवा विष्टले लकडाउनको समयमा पनि तातोपानि ६ का विपन्न घर परिवारलाई ३० हजारको खाद्यान्न सहयोग गरेका थिए ।
विष्टले तत्काल राहत उपलब्ध गराएपछि पीडित स्थानीय नागरिकले खुसी व्यक्त गरेका छन् । पीडित परिमल रोकायाले सबै अन्नपात जलेर नष्ट भएको बेला बिष्टले खाद्यन्न सहयोग गरेर राहतको महशुस गराएको बताए । आपतको समयमा मानवीय धर्म निभाउनु पर्छ भन्ने सोचलदेसहयोग गरेको बिष्टको भनाइ छ ।
यस्तै रेडियो खुला आकाशले समेत १० हजारको खाद्यान्न सहयोग गरेको छ। युवा अमर विष्ट र रेडियो खुला आकाशले वडा अध्यक्ष हस्तबहादुर बुढाको रोहबरमा खाद्यान्न लगाएका सामान वितरण गरेका हुन् । वडाअध्यक्ष बुढाका अनुसार आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जलेर नष्ट भएका थिए ।
नेपालीरैबार । २०७७ माघ १५, बिहीबार