प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेपछि उपाध्यक्ष वामदेव गौतमले एकता जोगाउन पहल जारी राखेका छन् । ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेर एकता जोगाउन तल्लीन उनले एक गीत सार्वजनिक गरेका छन् । गीतमा उनले नेकपा किसान र मजदूरको साथी भएको भन्दै विकास र सम्बृद्धिको सारथी पनि भएको बताएका छन् ।
एकता नै बल भएको भन्दै उनले पार्टी जोगाउन सबै पक्ष आ–आफ्नो ठाउँबाट जुट्नुपर्नेमा जोड दिएका छन । हाल प्रचण्ड–नेपाल र ओली समूह कतैपनि नलागेका उनले विभाजनले कसैको पनि हित नगर्ने बताउँदै आएका छन् ।

नेपालीरैबार । २०७७ माघ २३, शुक्रबार