
सुर्खेत । समाचार संकलनका लागि दैलेखको महावु गाउँपालिका पुगेका पत्रकार शेरबहादुर थापालाई गाउँपालिकाका उपाध्यक्षका छाेराले हातपात गरेका छन् । गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी बुढाका छाेरा ध्रुव बुढाले पत्रकार थापालाई कुटपिट गरेका हुन् ।
महावु गाउँपालिका ५ गैडाबाजमा रिपोर्टिङका लागि गएका पत्रकार थापा माथि बुढाले हातपात गरेका पुष्टि प्रहरी चाैकी गैडाबाजले गरेको छ । घटनाबारे अनुसन्धान भईरहेकाे र कुटपिट गर्ने बुढालाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।

नेपालीरैबार । २०७७ माघ २३, शुक्रबार