गजल

कसरी धनी बाले गरिब छोरो लाई घर छुटायो ।
हो त्यसरी नै खोलाले पानीबाट बगर छुटायो ।।

म अनाथ हु मलाइ कसैको सहयोग चाहिदैन अब ।
आमा लग्यो भगवानले सपनाको शहर छुटायो ।।

म यति सम्म पनि अजिब भै सकेको छु यहाँ ।
अरुलाइ मुटु कलेजो मलाइ सारो पथ्थर छुटायो ।।

म लड्दा अरु हासी दिन्छन अरु लड्दा म उठाउछु ।
अरे क्या गजबको माया लाग्दो मलाई रहर छुटायो ।।

केही पाउन अनि केही गुमाउन खास भय पुग्छ ।
केही बोल्नकै लागि एक मुठी शास भए पुग्छ ।।

एसी अनि हिटरको धेरै धाक दिनु पर्दैन हजुर ।
जीउ बचाउनकै लागि जङ्गलको बताश भए पुग्छ ।।

हेर मेरा बाउले कहिल्यै धनी हुन जानेकै छैनन ।
उनलाइ एकछाक हातमुख जोड्ने गास भय पुग्छ ।।

तपाईं धनी पैसावाला हुनुहुन्छ सुन लागाएर हिड्नुस् ।
तर म गरिब हु मलाइ एक जोर कपास भय पुग्छ ।।

(लेखक विष्ट भैरबि गाउँपालिका-१ रावतकाेट दैलेखका हुन् ।)

तपाईको प्रतिक्रिया