भागिरथी भट्टको हत्यारा चाडै पत्ता लाग्छ : गृहमन्त्री थापा

काठमाडौं ।  गृहमन्त्री रामवहादुर थापा बादलले बैतडीकी किशोरी भागिरथी भट्टको हत्यारा चाडै पत्ता लाग्ने बताएका छन् । राष्ट्रियसभा र बिघटित प्रतिनिधि सभाका केही सदस्यहरुले आज बिहान गृहमन्त्री राम बहादुर थापा बादललाई भेटी हत्यारालाई पत्ता लगाइ कडा सजाय दिन, परिवारलाई राहत र क्षतिपूर्तिको ब्यवस्था गर्न र यस्ता घटना पुन नदोहोरियोस भनी सुरक्षालाई अझ चुस्त बनाउन गम्भीर ध्यानाकर्षण गराएका थिए ।

ध्यानाकर्षण पत्र बुझदै गृहमन्त्री थापाले बलात्कारीलाई जतिसक्दो छिटो कारवाहीको दायरामा ल्याउन गम्भिररुपमा अनुसन्धान भइरहेको बताए ।

गृहमन्त्री थापाले अनुसन्धानमा कुनै पनि कमि नरहने र दोषी चाडै पत्ता लगाएर कडा कार्वाही गरिने प्रतिवद्धता व्यक्त गरेकाे राष्ट्रियसभा सदस्य डा. विमला पौड्याल राईले चक्रपथलाई बताइन । बैतडीकी किशोरी भागिरथी भट्टको पाँच दिनअघि बलात्कारपछि हत्या भएको थियो ।

तपाईको प्रतिक्रिया