राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीचको खेल हुनेछ ।

यस्तै दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीचको खेल हुनेछ ।

 यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलले पराजित गरेको छ ।

एपीएफ १८ अंकसहित शीर्षस्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया