शिक्षक सेवा आयोगले दियो तनाव

काठमाडाैं । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका निर्माण गरी समयमा विज्ञापन खुलाउन नसक्दा अध्यापन अनुमतिपत्र लिएर बसेका हजारौं विद्यार्थी मर्कामा परेका छन् ।

पदपूर्तिका लागि तथ्यांक पठाउने समयसीमा ऐन, नियमावलीमा स्पष्ट किटान नहुँदा सो अवस्था आएको हो । जसका कारण अध्यापन अनुमतिपत्र लिएर बसेका विद्यार्थी कहिले विज्ञापन आह्वान आयोगले गर्ला भनेर कुरेर बस्न बाध्य रहेको खबर राजधानी दैनिकमा छापिएको छ ।

आयोगका अनुसार हालसम्म ७ लाख १७ हजार १०५ जनाले अध्यापन अनुमतिपत्र लिएका छन् । शिक्षक स्थायी नियुक्ति तथा बढुवाका लागि सिफारिस गर्ने, विद्यालयमा अध्यापन गर्न चाहने शिक्षकलाई अध्यापनअनुमतिपत्र दिनेलगायतका अधिकार आयोगलाई दिइएको छ ।

तपाईको प्रतिक्रिया