अनि बाटो मोडियो

जागिर छाडेर व्यापार यात्रा

वीरेन्द्रनगरको हटियालाईमा भण्डारी फिल्टर सञ्चालन गरेका व्यक्ति हुन् जनक भण्डारी । सीभिल ओभरसियर भण्डारीले डिप्लोमा पढाई सकेलगत्रै गैर सरकारी संस्थामा जागिरको सुरुवात गरे । लगनशील र मेहनती भण्डारीले पढाई सकेलगत्तै अपेक्षा गरेअनुसारकै जागिर पाए । त्यही क्षेत्रमा उनले तीन वर्ष बढीसम्म काम पनि गरे । तर गैरसरकारी संस्थामा सेवा सुविधा राम्रो हुँदाहुँदै पनि उनले त्यो यात्रा विचमै छाडे । लामो समयसम्म उनले त्यो क्षेत्रमा सरसरफाई सम्बन्धी कार्यअनुभव लिने मौका पाए । उबेला साविकको मध्यपश्चिमाञ्च विकास क्षेत्रमा पानी फिल्टर गरेर खानुपर्छ भन्ने चेतना थिएन् । उनले त्यही सरसफाई सिकाउन र पानी शुद्धिकरण गरेर पिउनुपर्छ भन्ने सन्देश पु¥याएर नागरिकहरुलाई सचेतना फैलाइरहेका थिए । यहाँका नागरिकलाई अत्यावश्यक पानी शुद्धिकरण गर्ने सामग्रीहरुबारे जानकारी दिने र स्वस्थ जीवनका लागि पानी शुद्धिकरण नै गरेर पिउनुपर्छ भन्ने वानी पार्न उनले व्यापार यात्रा शुरु गरे । उनै भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंशः

पढाइमा स्नातक (डिप्लोमा) पूरा गरेर एनजीओमा होमिएका भण्डारी सिभिल ओभरसियर हुन् । समयमै पढाई सकिएपछि आइडीएस नेपालमा उनले भनेजस्तै काम पाए । रुकुम कार्यक्षेत्र भएपछि उनले तलब पनि राम्रै थियो । तैपनि उनले जेनतेन एक वर्ष आइडीएसमै विताए । यति मात्रै हैन आइडीएस नेपालपछि उनले एन्फो संस्थामा आवद्ध भए । उनले सरसफाईका क्षेत्रमा काम गर्दै तीन वर्ष बिताए । तलबदेखि फिल्ड भत्तासम्मको राम्रो सुविधा पाइरहेकै थिए । तर उनलाई पैसाले भरिपूर्ण गराउँदै लगेपनि परिवारदेखि अलगै बस्दाको पीडा अनुभूत गरायो ।

जागिर छाडौं विकल्प थिएन तैपनि भण्डारीले तीन वर्ष एन्फोमै बिताएर अन्तत रेडक्रसमा होमिए । उनले जति संस्थामा काम गरे पनि सरसफाइको क्षेत्रमा नागरिकलाई जागरुक गराउने जिम्मेवारी पाए । ‘केही सिके केही जाने र वीरेन्द्रनगरमै पृथक व्यवसाय गर्ने आँट मनमा जगाउन थालेको थिए,’ भण्डारी भन्छन्, ‘संस्थामा आवद्ध हुँदा नागरिकलाई सरसफाइ र शुद्ध खानेपानी कसरी पिउने सकिन्छ भन्ने विधि नै सिकाउन त्यो अवधिमा तल्लिन भइरहे । तर सन्तुष्ट हुन नसक्दा अन्तत जागिरै छाडे ।’

व्यवसाय प्रवेश
अरुका लागि मात्रै कति गर्ने परिवार र आफ्ना लागि पनि केही गर्ने सोच लिएर एनजीओको जागिर छाडे । जागिर छाडेपछि उनले विदेश जाने सपना पनि बुनेका थिए । यतिसम्म हैन भिसा प्रक्रियामा समेत गइसकेको थियो । तर अन्तत उनले बाटो मोडे दृढ अठोटका साथ विदेश जाने प्रक्रिया छाडेर व्यवसायमा होमिए ।

अरुलेभन्दा पृथक व्यवसाय गर्ने सोचका साथ वीरेन्द्रनगरमा व्यवसायको शुभारम्भ गरे’ भण्डारी भन्छन् ‘५० हजारबाट शुरु गरेको व्यवसाय अहिले ५० लाखको पुगेको छ ।

अहिले यसैमा सन्तुष्ट छु ।’ वीरेन्द्रनगरको हटिया लाइनमा भण्डारी फिल्टर घर सञ्चालन गरिरहेका भण्डारी अहिले अब्बल व्यवसायी बनेका छन् । ‘सुरुमा व्यवसाय गर्दा डर लाग्यो, खासै कारोवार भएन्,’ भण्डारी विगत सम्झदै भन्छन्, ‘अहिले वीरेन्द्रनगरमै नमुना व्यवसायबाट सफलता पाउँदा सन्तुष्ट बनाएको छ ।’ व्यपारबाटै राम्रो आम्दानी गरिरहेको उनले बताए । अरुले नगरेको व्यवसायलाई स्थापित गर्न फिल्टर घर सञ्चालन ल्याएका भण्डारीले केही वर्ष निकै दुख झेले ।

एनजीओमा हुँदा पनि पानीकै क्षेत्रमा काम गरेकाले वीरेन्द्रनगरमा स्थापित हुन समय नलागेको उनको कथन छ । ‘छिटै स्थापित हुने व्यवसाय होइन यो पानी शुद्धीकरण गर्ने नयाँ–नयाँ प्रविधि भित्र्याएर विस्तारै सबैको मन जित्न सफल भएको छु’ भण्डारी थप्छन् ।

‘पानी शुद्धिकरणदेखि किचन सामग्री समेत बिक्री गर्दै आएका भण्डारी नयाँ सोचका साथ जसरी नयाँ व्यवसाय स्थापित गरे । त्यसरी नै हरेक नागरिकलाई पानी शुद्धिकरण गरेर पिउनुपर्छ भन्दै एक घर एक फिल्टर पु¥याउने योजनामा छन् । सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला र कालिकोटसम्म फिल्टरका सामग्री बिक्री गर्दै आएको भण्डारीले जानकारी दिए । प्रदेशभरी नै फिल्टरका सामग्री पु¥याउने लक्ष्य लिएको उनी बताउँछन् ।

परिवारको सहयोगले व्यवसायले यो उचाईँ लिएको भण्डारी भने सन्तुष्ट छन् । भण्डारी फिल्टर घरमा ९ सयदेखी ५० हजार मुल्यसम्मका फिल्टर सामग्रीहरु भण्डारीले राखेका छन् । न्यून आम्दानी भएको परिवारदेखी उच्च आम्दानी गर्ने परिवारलाई आवश्यक सामग्री सुर्खेतबाट उपलब्ध गराउँदै आएका छन् । ‘व्यवसाय छोटो समयमै अर्बपति बन्ने हेतुले गरेको हैन’ भण्डारीले भने,
‘नागरिकलाई फिल्टरसम्वन्धिका सामग्री खरिद गर्न बाहिर जानु पर्ने बाध्यताको अन्त्य गर्दै एउटै छानोमुनी सबै खाले सामग्री राखेको छु ।’

योजना
एक कोठामा सिमित व्यापारलाई कम्पनीमा रुपान्तरण गर्ने सोचमा भण्डारी छन् । उनले हाल दुई जनालाई रोजगारी दिएका छन् । तर निकट भविष्यमै ५० जनालाई रोजगारी दिने गरी अघि बढेका छन् ।

भण्डारी भन्छन्, ‘अवसरहरु स्वेदशमै छन् । सदुपयोग गर्दै परिश्रम गर्ने हो राम्रो आम्दानी आफ्नै भूमिमा लिन सकिन्छ । विदेश मात्रै होमिनु राम्रो हैन ।’


error: Alert: Content is protected !!