![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको बहस सकिएको छ। सर्वोच्च अदालतको ५ सदस्यीय संवैधानिक इजलासमा माघ ४ गतेदेखि भइरहेको बहस आज अदालत सहयोगी (एमिकस क्युरी) गीता पाठकले राय दिएपछि सकिएको हो।
सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलले संसद विघटन मुद्दामा बहस सकिएको र यो मुद्दा हेर्दाहेर्दैमा राखिएको जानकारी दिए । उनका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फागुन १० गतेभित्र बहस नोट बुझाउन आग्रह गरेका छन् ।
‘बहस सकिएपछि फागुन १० गतेभित्र बहस नोट दिन पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई प्रधानन्यायाधीशज्यूले आग्रह गर्नु भएको छ । फैसलाबारे त्यसपछि यो मुद्दा हेर्दाहेर्दैमा जाने र ११ गते र १२ गते जति पनि जानसक्ने भन्नुभएको हो’ पौडेलले भने।
त्यसअघि आफ्नो राय दिदै एमिकस क्युरी वरिष्ठ अधिवक्ता पाठकले वर्तमान संविधान बिरामी नरहेको र कोमामा पनि नगएको दलिल पेश गरेकी थिइन् । संविधानको धारा अक्सिजन भएको बताउँदै संविधान बिरामी पनि नभएको र कोमामा पनि नगएको उनको तर्क छ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७७ फाल्गुन ७, शुक्रबार