स्मार्टफाेनबाट अब साेझै कम्प्युटरमा फाइल शेयर गर्न सकिने

काठमाडौं । लामो समयको प्रतिक्षापछि अब विन्डोज टेन अपरेटिङ सिस्टममा चल्ने कम्प्युटरमा ‘क्विक शेयर’ (Quick Share) फिचर उपलब्ध हुने भएको छ । यसका लागि माइक्रोसफ्ट र सामसङले सहकार्य गरेका छन् ।

केही वर्षदेखि माइक्रोसफ्ट र सामसङले विन्डोज टेन र एन्ड्रोइडलाई प्रभावकारी बनाउन मिलेर काम गर्दै आएका छन् । विशेषगरी याे सहकार्य विन्डाेज टेन चलाउने सामसङका स्मार्टफाेन/ट्याब्लेटका प्रयाेगकर्ता लक्षित छ ।

यी दुईबीचकाे सहकार्यकाे परिणाम स्वरूप नै ‘क्विक शेयर’ तयार भइरहेको छ । याे एप अब चाँडै नै माइक्रोसफ्ट स्टोरमा उपलब्ध हुने जनाइएकाे छ । यो एपकाे प्रयाेग गरी बिना वायर द्रुत गतिमा फोटाे, भिडियो लगायतका फाइल एउटाबाट अर्को डिभाइसमा पठाउन सकिने छ ।

यही खालको फिचर यसअघि एप्पलले म्याकबुक र आईफोनमा उपलब्ध गराएको छ । एप्पलले आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराएको यस्ताे फिचर विन्डोज र सामसङले पनि आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउन लागेका हुन् ।

तपाईको प्रतिक्रिया