सांसदहरुलाई कानुन विपरीत बैठक भत्ता

संघीय संसद् सचिवालयले सांसदहरुलाई कानुन विपरीत बैठक भत्ता दिएको पाइएको छ । संसद् भंग भएपछि राष्ट्रिय सभा र निवर्तमान सांसदहरुको दबाबमा बैठक भत्ताबापत ३८ लाखभन्दा बढी रकम वितरण गरेको हो ।

यो रकम साउनदेखि पुससम्म संसद् बैठक र समितिको बैठकमा उपस्थित सांसदहरुले लिएका हुन् ।
स्वास्थ्यकर्मी बाहेक अरुले बैठक भत्तासमेत लिन नपाउने व्यवस्थासहित बजेट वक्तव्यलाई लत्याउँदै सचिवालयले सांसदहरुलाई बैठक भत्ता उपलब्ध गराएको हो । कान्तिपुरमा खबर छ ।

तपाईको प्रतिक्रिया