स्थानीय बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको छ ।
सोमवार स्थिर रहेको सुनको मूल्यमा १ हजारभन्दा बढीले सुधार आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलवार भने तोलामा ९० हजार १०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
तेजाबी सुन सोमवार तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएकामा मंगलवारका लागि भने ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।तेजाबी सुन समेत तोलामा १ हजार १०० रुपैयाँले उकालो लागेको हो ।
चाँदीको मूल्यमा समेत मंगलवार २५ रुपैयाँले वृद्धि भएको छ । तोलामा १ हजार ३३५ रुपैयाँमा सोमवार कारोबार भएको चाँदी मंगलवार भने १ हजार ३६० रुपैयाँ मूल्य कायम भएको छ ।
नेपालीरैबार । २०७७ फाल्गुन ११, मंगलवार