लगातार सकारात्मक सर्किट लाग्दै आएको नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्यमा मंगलवार पहिरो गएको छ ।
६ सय ९३ मा बजार खुले पनि शुरुमा ७२६ पुगेको मूल्य एक्कासि घटेर ५ सय ९४ कायम भएको हो ।अघिल्लो दिनसम्म यस बैंकको शेयर किन्नेको भीड लाग्ने गरेकोमा मंगलवार भने बेच्नेको चाप छ ।
ठूला लगानीकर्ताले एकैपटक प्रोफिट बूक गर्न खोज्दा बैंकको शेयरमा पहिरो गएको हो ।२ लाख ७७ हजार कित्ता शेयर ५ सय ९४ मै बिक्री गर्नका लागि राखिएपनि किन्नेको संख्या नगन्य छ ।
कुल ४ लाख ६४ हजार कित्ता शेयर बिक्रीमा छ ।
नेपालीरैबार । २०७७ फाल्गुन ११, मंगलवार