पछिल्लो समय निजी स्कुल तथा क्याम्पसहरुबिच शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थी आकर्षण गर्न कडा प्रतिस्पर्धा भईरहेको छ । विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा सबैले जोड दिएका छन् । तर के कसरी विद्यार्थी संख्या बढाउने भन्नेमा सबै स्कुल तथा क्याम्पसहरुलाई पिरलो छ । कतिपय स्कुल तथा क्याम्पसहरुले विद्यार्थी संख्या बढाएरै आफूलाई अब्बल तथा ठूलो सावित गरेका छन् ।
तर ती सबै विद्यालयको शैक्षिक गुणस्तर सन्तोषजनक छैन । विद्यार्थी संख्या बढाउनुका साथै शैक्षिक गुणस्तर सुधारमा जो जस विद्यालयले ध्यान दिए उनी विद्यालय अवश्य सबैको विश्वास पनि जित्न सफल भएका छन् । यिनै मध्येको एक होः वीरेन्द्रनगर नगरपालिकास्थित बुद्धपथमा सञ्चालित सिद्धपाइला क्याम्पस ।
विद्यार्थी तथा अभिभावकको विश्वास जित्न सफल यस क्याम्पसले विद्यार्थी संख्या बढाउन मात्रै होइन, भविष्यमा बजारमा सजिलै टिक्न र बिक्न सक्ने जनशक्ति उत्पादन गर्दै आएको छ । विद्यार्थीलाई पढाएर मार्कसिटले मात्रै योग्य होइन, व्यवहारीक, ज्ञान, काम तथा सिपले पनि योग्य बनाएर सजिलै बजारमा टिक्न र बिक्नसक्ने गरी पठाउने काम भइरहेको हो ।
क्याम्पस प्रमुख उपेन्द्रकुमार सुवेदीका अनुसार यस क्याम्पसमा पढेर गएका तथा पढ्दै गरेका धेरै विद्यार्थीले बैंक तथा वित्तीय संस्थामा काम गरिरहेका छन् । भने कतिपयले पढ्दै गर्दा लोकसेवाबाट नाम निकालेर बैंकहरुमा काम गरिरहेका छन् । स्थापनाको आठौ वर्षमा प्रवेश गरेको यस क्याम्पसले परीक्षा नतिजामा पनि छोटो समयमा राम्रो प्रगति गरेको छ ।
त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त बीबीएस कार्यक्रम सञ्चालन गरिरहेको यस क्याम्पसले यस वर्ष आठौं पटक तथा बीबीएस पहिलो वर्षमा नयाँ भर्ना खुलाएको छ । हाल चार सय ५० भन्दा बढी विद्यार्थी संख्या रहेको यस क्याम्पसमा कर्णाली प्रदेशभरका विद्यार्थी अध्ययनरत छन् । आगामी शैक्षिक सत्रदेखि सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धनमा एमबीए र बीबीए कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको क्याम्पस प्रमुख सुवेदीले बताए ।
अब आफ्नै भवनमा सर्दै
वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र बुद्धपथ स्थित दुई वटा भाडाको भवनबाट सञ्चालित यस सिद्धपाइला क्याम्पसले अब आफ्नै भवनमा सर्ने तयारी थालेको छ । मंगलगडीचोक नजिक तीन कठ्ठा जग्गा खरिद गरिसकेको यस क्याम्पसले आफ्नै जग्गामा सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण गरेर सर्ने तयारी थालेको हो । हाल सञ्चालित भवनमा पनि पर्याप्त कक्षाकोठा छन् । भने लाइब्रेरीको सुविधा छ ।
२० जना कर्मचारी कार्यरत यस क्याम्पसले शिक्षकको क्षमता विकासका लागि वार्षिक रीसर्ज जर्नल प्रकाशन गर्दै आएको छ । भने विद्यार्थीको क्षमता विकासका लागि विद्यार्थी आफैले लेख, रचना लेखेर सिद्धपाइला सन्देश प्रकाशन गर्दै आएका छन् । यहाँ अध्ययनरत विद्यार्थीका ईन्टरसीपका लागि विभिन्न बैंकहरुसँग सहकार्य गरिहेको छ ।
विद्यार्थीको नेतृत्व
विद्यार्थीको पढाइ मात्रै नभएर अन्य लेख रचना लेख्ने, बोल्ने र नेतृत्व गर्ने क्षमता पनि विकास होस् भन्ने ध्ययेले क्याम्पस स्तरीय विद्यार्थी परामर्श क्लब गठन गरिएको छ । जसको नेतृत्व गरिहेका विद्यार्थीहरु आफैले विद्यालयमा हुने सबै कार्यक्रमको नेतृत्व गर्दछन् ।
क्लबको बैठकबाट वार्षिक कार्यतालिका निर्माण गरी सोही अनुसार अतिरिक्त सिकाई क्रियाकलाप सञ्चालन गर्ने गरिएको छ । क्लबमा सबै कक्षाका विद्याथीहरुको सहभागिता रहन्छ । क्लबमा आबद्धतापछि पहिले बोल्न नसक्ने बोल्ने भएर निस्कन्छन् । भने नेतृत्व गर्न नसक्नेहरु नेतृत्व गर्नसक्ने क्षमता विकास गर्दछन् । विद्यार्थी आफैले थेवरीसँगै प्राटिकल पनि गर्दछन् ।
क्याम्पस प्रमुख उपेन्द्रकुमार सुवेदीका अनुसार विद्यर्थाीलाई व्यवहारिक बनाउन र असल सामाजिक संस्कार सिकाउन अतिरिक्त कार्यक्रम गरिंदै आएको छ । जसमा विद्यार्थीहरुलाई दक्ष परामर्शदाताबाट परामर्श दिईन्छ । मार्कसिटले मात्रै व्यवहारी बनाउँदैन भन्ने ध्ययेले विभिन्न ठाउँमा गएर असल सामाजिकबारे विदार्थीलाई परामर्श दिने गरिएको उनले बताए । जुन कार्यक्रमको नेतृत्व विदार्थी आफैले गर्ने गर्दछन् ।
उनका अनुसार विद्यार्थीहरुले विभिन्न ठाउँमा सरसफाई गर्नुका साथै विभिन्न आश्रममा आफुले खाने एक दिनको खाजा कटाएर विद्यार्थीले गरीब, दुःखीका लागि सहयोग गर्ने गर्दछन् । जसले उनीहरुलाई मानवियताको भावना विकास गर्दछ ।
साइकल चढ्नेलाई २५ प्रतिशत छुट
सिद्धपाइला क्याम्पसले साइकल चढेर पढ्न आउने विद्यार्थीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । अन्य स्कुल तथा क्याम्पसहरुले नाफामूलक बस किनेर विद्यार्थी ओसारपोसार गरिहेको बेला यस क्याम्पसले विद्यार्थीलाई साइकल चढ्न अनुरोध गरेको छ ।
साइकलको प्रयोगले विद्यार्थी शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुनुका साथै वातावरण पनि प्रदुषण नहुने भएकाले विद्यार्थीलाई साइकल चढ्ने प्रेरणा दिइएको क्याम्पस प्रमुख सुवदीले बताए ।
‘साइकलको प्रयोगले विद्यर्थीको दैनिक भाडा बचत हुन्छ । मोटरसाइकल तथा स्कुटरमा हाल्ने फ्यूल खर्च बचत हुन्छ । त्यसले उनीहरुलाई नै आर्थिक रुपमा बलियो बनाउने हो’ उनले भने । स्थापनाको पहिलो वर्ष ३१ जना पुरक परीक्षा उत्तीर्ण भएका विद्यार्थी भर्ना गरेर अध्यापन सुरु गरेको यस क्याम्पसले हाल विद्यार्थी तथा अभिभावकको मन जित्दै गएपछि विद्यर्थाीको आकर्षण बढेको छ । भने अभिभावक पनि खुसी छन् । विद्यालयको राम्रो पक्षका विषयमा विद्यार्थी आफैले प्रचार गर्न थालेपछि विद्यालयलाई थप सहज भएको छ ।
नतिजामा अब्बल, पढ्दापढ्दै सरकारी जागिर
यस क्पाम्पसबाट बीबीएस विभिन्न परीक्षामा हालसम्म सहभागी सबै विद्यार्थीहरुको नतिजा सन्तोषजनक प्राप्त भएको छ । कतिपय विद्यार्थीहरु प्रदेश तथा अन्तरप्रदेश प्रथमदेखि क्रमश चौथो स्थानसम्म आउन सफल भएका छन् । भने कतिपय विद्यार्थीहरुले पढ्दापढ्दै लोकसेवामा नाम निकालेर सरकारी जागिरमा प्रवेश गरेका छन् । २०७६ को बीबीएस चौथो वर्षको नतिजामा ८३ दशमलब ६० प्रतिशत नम्बर ल्याउन सफल खगेद्र पुरीलाई बैंकअफ काठ्माडौंले काठमाडौंमै जागिरको अवसर दिएपछि उनी सेवामा प्रवेश गरका छन् । उनले ३०७३ प्रथम वर्ष र ०७४ तेस्रो वर्षमा प्रदेश तृत्तीय स्थान ल्याउन सफल भएका थिए ।
यस्तै भोजराज भण्डारी २०७५ प्रथम वर्षको परीक्षामा कर्णाली तथा सुदूरपश्चिम प्रदेश प्रथम भएका थिए । पुस्कर पौडेलले २०७२ दोस्रो वर्षदेखि क्रमश चौथो वर्षसम्म प्रदेश तृत्तीय स्थान ल्याएका थिए । भने विमलकुमार थापा २०७३ प्रथम वर्षमा प्रदेश प्रथम, गोमा बस्नेत प्रदेश तृत्तीय र सुनिता खनाल प्रदेश चौथो भएका थिए । यस वर्ष पढ्दापढ्दै ६ जना विद्यार्थीले बैंकमा नाम निकालेको क्याम्पसले जनाएको छ । हरेक वर्ष पढ्दापढ्दै आठ, १० जना विद्यार्थीहरु सरकारी सेवामा प्रवेश गर्ने गर्दछन् ।
जसको उदाहरणको रुपमा पढ्दापढ्दै विमलकुमार थापाले राष्ट्रिय वाणिज्य बैंक सुर्खेत, झलक आचार्य राष्ट्रिय वाणिज्य बैंक हुम्ला, सरला कार्की कृषि विकास बैंक सुर्खेत, नवराज खराल र शर्मिला खत्रीले लक्ष्मी बैंक सुर्खेत, रमिला खड्का ग्लोबल आई.एम.ई कोहलपुर, रञ्चना रेग्मीले नेपाल बंगलादेश बैंक सुर्खेत र सन्तोष पाण्डेले नेपाल इन्भेष्टमेन्ट बैंक सुर्खेत शाखाका लागि नाम निकालेर सेवामा प्रवेश गर्न सफल भएका छन् ।










सुरेश आचार्य । २०७७ फाल्गुन १२, बुधबार