सुर्खेत । पछिल्लाे समय सर्बाधिक रुचाइएको NISSAN MAGNITE नामाक SUV कार कर्णालीमा लन्च भएकाे छ । यही फागुन ११ गते एक कार्यक्रमकाबिच निसान मोटरको, कर्णाली प्रदेशका लागि “ड्याट्सन र निसान” ब्राण्डका चार पाङ्ग्रे गाडीको आधिकारिक बिक्रेता स्वर्निम बिजनेश कन्सर्न प्रालिले कार लन्च गरेकाे हाे ।
करिब डेढ वर्ष पहिलादेखिनै चर्चा र परिचर्चामा रहेकाे तथा एक महिनाभित्रै भारतीय बजारमा ५० हजारबढी माग भएको यस कार सर्बाधिक रुचाइएको छ । All NEW NISSAN MAGNITE नामाक SUV कारलाई BIG.BOLD.BEAUTIFUL को उपनामका रुपमा पनि चिनिन्छ ।
कार लन्च कार्यक्रममा लगभग २०० बढी व्यक्तिहरुको उपस्थि रहेकाे थियाे । उक्त Grand Launch कार्यक्रममा, यस सस्थाका संचालक सोमराज थापाले सभाध्क्षाता गरेका थिए । भने, सुर्खेत उद्योग बाणिज्यसंघका अध्यक्ष धनबहादुर रावतकाे प्रमुख अातिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा ALL NEW NISSAN MAGNITE को बारेमा PRODUCT DETAIL र विशेषता सम्बन्धी संचालाक सैयाद अन्वरले प्रस्तुत गरेका थिए । भने संस्था संचालक श्याम बि.कले स्वागत मन्तब्यसंगै यस कारको मुख्य विशेषतामा, २०५ Ground Clearance, stylish look, Diamond cut alloy wheel, ३६० डिग्री क्यामरा, दुइ एयर ब्याग, ७” TFT स्क्रिन, Android auto, apple carplay, 50KG सम्मको भारग्रहन गर्नसक्ने फंसनल रुफरेल, लेड दरल, लेड ल्याम्प , फग लाइट, रियर वाइपर जस्ता विभिन्न विशेषताबारे प्रष्ट पारेका थिए ।
प्रमुख अतिथिबाट रिबन काटी निसान MAGNITE गाडी को प्रवर्तन (LAUNCH) गरियकोसँगै सहभागीबाट उक्त SUV कारप्रति धेरै नै उत्सुकता देखिएकाे छ । साथै १० वटा कारका लागि बुकिङ्ग समेत भएकाे छ । भने संचालकहरुका अनुसार आउँदो नया वर्षसम्म करिब १०० बढी कारको माग हुने अनुमान गरिएको छ । आवश्यक बुकिङ्ग फ़ाइनन्सको समेत सेवा उपलब्ध गरिदिने प्रतिबद्दता समेत संचालकहरुले गरेका थिए ।
नेपालीरैबार । २०७७ फाल्गुन १३, बिहीबार