सरकारले सुनेन बादी समुदायका पीडा, आन्दोलन चर्काउन थप नागरिक सुर्खेत झरे

सुर्खेत । गास, बास र कपासको मागसहित सुर्खेत आइपुगेका वादी समुदायले आजदेखि आन्दोलनका कार्यक्रम चर्काउने घोषणा गरेका छन् । जनता आवासले गास टार्न समस्या भएको खेतीका लागि जमिनको माग गर्दै कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडीको चौरमा चार दिनदेखि वादी समुदाय कष्टकर अवस्थामा बसिरहेका हुन् ।

‘तीन दिनसम्म सरकारले कुनै टरपुच्छर लगाएन अब हाम्रो ताकत देखाउँछ,’ बादी समुदायका अगुवा नेता हिक्मत बादीले भने, ‘खुला चौरमा बसेर आन्दोलन गर्दा बालबालिका र वृद्धवृद्धा विरामी भइसके अब हामी पनि चुप लाग्दैनौं ।’

खुला चाैरमा बसेर आन्दोलन गरिरहेका उनीहरुलाई शौचालयको नहुँदा आफ्ना नागरिकहरु विरामीहरु पर्न थालेको अगुवा नेता हिक्मतको भनाई छ । उनले आज थप वादी समुदाय वीरेन्द्रनगर आउन लागेकाले आफ्ना माग पूरा गराएर मात्रै फर्कने बताए ।

कर्णालीमा झण्डै १८ हजार वादी समुदायकाे जनसंख्या रहेकाे हिक्मतकाे भनाइ छ । माग पूरा गराउन उनीहरु दैलेख, कालिकाेट, जुम्ला, सुर्खेत जिल्लाबाट सहभागी भएका छन् ।

तपाईको प्रतिक्रिया