कोरोनापछि नेपथ्यको ‘यो जिन्दगानी’ भिडियोसहित

काठमाडौं । कोभिड १९ महामारीको एक वर्षभन्दा लामो बन्धन गुजारेपछि मानव समुदायले बिस्तारै उन्मुक्तितर्फ पाइला चाल्न थालेको छ।

गएको साताबाटै हाम्रा घर आँगनमा पनि वसन्त ऋतुको आगमनसँगै मौसम परिवर्तनका संकेतहरु देखिन सुरु भइसकेका छन्। अनि यतिबेलै नेपथ्यले आफ्ना दर्शकहरुसँग आमनेसामने साक्षात्कार गरेको पनि ठीक एक वर्ष लागेको छ।

भूकम्पको कारण क्षतिग्रस्त बन्न पुगेको दोलखाको एक सरकारी विद्यालय निर्माणार्थ गत वर्षको फागुन १७ गते नेपथ्यले आफूलाई प्रस्तुत गरेको थियो। भृकुटी मण्डपमा आयोजित त्यो कन्सर्ट नै कोरोना महामारी अगाडि ब्याण्डको अन्तिम प्रस्तुति बन्न पुग्यो।

यो एक वर्ष श्रृष्टिले भाइरस र मानवजातिबीच कठोर लडाइको कथा रच्यो। हामी सबैका जीवन अन्योल र अनिश्चितताबीच गुज्रिए। नेपथ्यका अगुवा एवं गायक अमृत गुरुङले यो सिंगो वर्ष कास्कीस्थित आफ्नो पुख्र्यौली गोठमा साधारण कृषक भएर बाँच्दै प्रकृतिको खेललाई नियाले। अब समय फेरि बदलिने संकेत सुरु भएको छ।

बदलिँदो समयसँगै फरक नेपाली पुस्ताहरुका बीच उत्तिकै लोकप्रिय रहँदै आएको ब्याण्ड नेपथ्यले अब फेरि सांगीतिक माहोललाई निरन्तरता दिने अठोट लिएको छ। यसको सुरुवात गर्दै नेपथ्यले आफ्नो एउटा सर्वकालिक हिट गीतको ‘लाइभ भिडियो’ तमाम श्रोता दर्शकसामु प्रस्तुत गर्दैछ। सबैले सधैं सुन्दै आएको र प्रत्येकजसो कन्सर्टमा गुञ्जिने गरेको त्यो गीत हो –

तपाईको प्रतिक्रिया