जसको विश्वास नगर्नू भनियो, ती मेरै वरपरका मान्छे थिए

हजुरबुवाको बरखी आउँदै थियो। सधैंजस्तै घरमा कुनै कार्जे हुँदा चाहिने टपरी गाँस्न महिलाहरू बस्ने छुट्टै कोठा भरिएको थियो। कोठामा जुजुमुवा, आमा, काकी, माइजू, आन्टीहरू हुनुहुन्थ्यो। त्यसमध्येकी सबभन्दा रमाइली मलाई जुजुमुवा लाग्नुहुन्थ्यो।

त्यो कोठामा पहिला पनि पटक(पटक बसिसकेकी थिएँ। नबस्न खोज्दा जुजुमुवा नै ुआऊ ए मेरा छोरी नातिनीु भन्दै बोलाउनुहुन्थ्यो। जुजुमुवासँग गफका ुभेराइटीु धेरै हुन्थे। अश्लील, श्लील, दुःख, सुख सबै खाले। उहाँ अरू बेला पनि त्यसरी नै गफ लगाउनुहुन्थ्यो। अरू महिलाहरू सँगै बसेर सुनिरहेका हुन्थे। छिनछिनमै सुँक्क(सुँक्क गर्दै रोएको सुनिन्थ्यो। एकैछिनपछि गलल हाँसेको पनि सुनिन्थ्यो। गफसँगै एक कुनामा टपरीका चाङ हुन्थे।

कसले खुटेको टपरी राम्रो, कसले खुटेको दुना राम्रो भन्ने प्रतिस्पर्धा पनि हुन्थ्यो। टीन(एजमा भर्खरै प्रवेश गरेका हामी केटीहरूलाई दुना(टपरी खुट्न सिक्नुपर्छ है भन्ने दबाव आइरहन्थ्यो। मन नभई(नभई सालको पातमा सिन्का पसाउनुपर्थ्यो। हामीले नजाने उहाँहरूले जिस्काउनुहुन्थ्यो।

बिहे गरेर गएको घरमा सीप देखाएन भने के भन्छन् भन्दै जबरजस्ती कपासको बत्ती पनि कात्नुपर्थ्यो। बत्ती कात्न देखेजति सजिलो हुन्थेन। नचुँडाइ एक फेरा हातमा बेर्‍यो भने एकसुते भनिन्थ्यो। हजुरआमाहरू सजिलै सात सुते बत्ती कात्नुहुन्थ्यो। म र मेरै उमेरका दिदीबहिनीले एक सुते बत्ती कात्दा रूईको एउटा सानो डल्लो सक्किन्थ्यो।

त्यो कोठामा काम गर्दा दुई(तीन पुस्ते महिला एक ठाउँ भेला हुन्थे। हजुरआमाको पुस्ता, काकीको पुस्ता र मेरो पुस्ता। मलाई त्यहाँ गएर काम गर्न मन नलागे पनि गफ सुन्न भने मजा लाग्थ्यो।

त्यस दिन पनि जुजुमुवा मुडमा हुनुहुन्थ्यो। सधैंजस्तै म पनि त्यहाँ थिएँ। उहाँभन्दा अघिल्लो पुस्ताकी हजुरआमा पनि हुनुहुन्थ्यो। पछिल्लो पुस्ताका हामी पनि थियौं।

त्यसै बेला दोस्रो पुस्ताकी काकीले नाक खुम्च्याउँदै मेरो पुस्तातिर हेर्दै भन्नुभयो, ुयो पुलिस, मास्टर र ड्राइभरको कहिल्यै विश्वास गर्नु हुँदैन। केटी देख्ने हो भने मरेको नि बाँच्छन् यिनीहरू।ु

ुआइमाई नि गतिला हुन्नन् भो, तिनी नचम्किए के आफैं तान्न आउँछन् लोग्ने मान्छेरुु काकीको कुरा काट्दै पहिलो पुस्ताकी हजुरआमाले जवाफ फर्काउनुभयो।

त्यही विषयलाई लिएर हो(होइन बीच एकछिन तर्क(वितर्क चल्यो। मलाई त्यसबारे धेरै कुरा थाहा थिएन। त्यो बहस कुनै निष्कर्षमा पुगेन। तर त्यसले मेरो दिमागमा प्रहरी, मास्टर र ड्राइभरको भिन्नै छाप पारिसकेको थियो। आफ्नै वरपरका ती मान्छेबारे कसैले भनेको कुराले म झसंग भइसकेकी थिएँ।

अझै पनि भइरहेकी छु।

मेरो घर कारागारको नजिकै थियो। मेरा घरका धेरै शिक्षण पेसामै हुनुहुन्थ्यो। मेरो आमा दिनहुँ ट‍ेम्पो चढेर स्कुल पढाउन जानुहुन्थ्यो।

काकीले जस(जसको विश्वास नगर्नू भन्नुभएको थियो, ती मेरै वरपरका मान्छे थिए। एकपछि अर्को गर्दै सबैको अनुहार आँखामा घुमिरहेको थियो। काकीले त्यसो भनेपछि झनै त्यही कुरा सोच्न थालेकी थिएँ।

उमेर बढ्दै जाँदा मलाई घरबाट पुलिस अंकलहरूसँग चुंगी खेल्न डर लाग्न थाल्यो। मेरो दाइभाइ मज्जाले स्कुलबाट आएर डन्डी बियो, टिप्पु, चुंगी खेल्थे। उनीहरू खेल्दै गर्दा म घरको पेटीमा बसेर पनि पढ्न डराउन थालेँ। म बाहिर बसेर पढ्दा पुलिसहरूले जिब्रो पडकाउलान्, आँखा लगाउलान् भन्ने डर लागेजस्तो हुन्थ्यो।

मैले पढ्ने विद्यालय र घर नजिकै थियो। हामीले घरको आँगन, स्कुलको चौरबाट ड्युटी बसेका पुलिसको टाउको मात्रै देख्थ्यौं। पुलिसहरू आँगन र चौरमा हुने सबै कुरा देख्थे। एकपटक मेरो भाइ भ्यु(टावरमा चढेर स्कुलको वार्षिक उत्सवको कार्यक्रम हेरेर रमाउँदै झरेको थियो। कतिपटक नाचगान हुँदा पुलिसहरू स्कुलमै हेर्न आउँथे। मादल, बाँसुरी बजाउन सघाउँथे पनि। त्यसैले मलाई स्कुलमा हुने कुनै पनि कार्यक्रममा नाच्न डर लाग्न थाल्यो।

स्कुलको कार्यक्रममा नाचेका प्रायः दिदीहरूको बिहे पुलिससँग हुन्थ्यो जो विवाहित हुन्थे। उमेर नपुग्दै भागेर बिहे गर्ने साथीहरू पनि थिए। तीनवटा श्रीमती भएका एक जना पुलिस अंकलले मेरै उमेरकी केटीलाई भगाउनुभएको थियो। ऊ केही महिनापछि गर्भमा बच्चा बोकेर सधैंका लागि माइती आएकी थिई। उसको शरीरभरी कुटेको नीलो डाम थियो। मेरी साथीलाई कुट्ने अरू कोही नभएर उसकै लोग्ने थियो जसलाई म अंकल भन्थेँ।

त्यो घटनापछि काकीले भनेको कुरा मलाई झन् सत्य लाग्न थालेको थियो। मेराअगाडि मलाई राम्रै गर्ने पुलिसहरू पनि थिए। तर त्योभन्दा धेरै पुलिसको साँच्चिकै विश्वास हुँदैन भनेर मेरो मन(मस्तिष्कमा गहिरो छाप परिसकेको थियो।

राम्रो गर्नेभन्दा नराम्रो गर्ने थोरै थिए। तर पनि मलाई नराम्रो कुराले तानिरहेको थियो। हामीसँग साथीजस्तै बनेर खेल्ने पुलिस अंकलहरूको अनुहारमा म अरू नै अनुहार देख्न थालिसकेकी थिएँ। त्यसपछि घरको पेटीमा कसैले ुनबसु भन्नै नपर्ने भइसकेको थियो। म आफैं पुलिसलाई सिधा नजरले हेर्न खोज्दिनँ थिएँँ। हाम्रै सुरक्षाका लागि खटिएकासँग असुरक्षित महसुस गर्थेँ। उनीहरूसँग डराउँथेँ।

डरको शृंखला त्यतिमै सीमित कहाँ रह्यो र ?

स्कुल पढ्दा शिक्षकहरूले अलि अनुशासित, सोझो विद्यार्थीलाई कक्षाको ुसिआइडीु बनाउनुहुन्थ्यो। त्यो सिआइडीको समूहमा सरले मलाई पनि राख्नुभएको थियो। साथीहरूमा कसको ुलभु परेको छ, कसको ुवान साइडेडु हो, कसको ुब्रेकअपु भयो, कसले कक्षामा मोबाइल बोक्छ भन्ने जस्ता कुरा जासुसी गरेर मैले सरलाई भन्नुपर्थ्यो।

म जुन साथीसँग नजिक हुन्थेँ, उसकै बारेमा सोध्नुहुन्थ्यो। एक(दुई पटक मिल्ने साथीका बारे भनेकी पनि थिएँ। केही नभन्दा उहाँले ुकुरा नलुका है मसँगु भनेर कराउनुहुन्थ्यो। त्यसैले हुँदै नभएको कुरा पनि भएको जसरी भनिदिन्थेँ।

मलाई त्यसो गर्न मन लाग्न छाडिसकेको थियो। तर उहाँलाई भन्न सकिरहेकी थिइनँ। स्कुल जान मन लाग्थेन। घरमा त्यो कुरा सुनाउँदा सबैले ुसिआइडी बन्दिनँ भन्नूु भनिसक्नुभएको थियो। तर हिम्मत भइरहेको थिएन। सरले के भन्नुहोला भन्ने डर लाग्थ्यो।

एकदिन हिम्मत जुटाएर भनेँ, ुम साथीहरूको गद्दारी गर्दिनँ सर।ु

तर त्यसपछि जे(जे भयो, त्यसले मलाई काकीले भनेको कुरामा झनै विश्वास गराइदियो। उहाँले मलाई दाहिने हातको कुइनामा पकडेर ुल जाु भनेर धकेल्नुभयो। म उहाँको गलत नजरमा परेँ।

उहाँको अनुहारमा मप्रति क्रोध देखिन्थ्यो। बदलाको भाव देखिन्थ्यो। परीक्षाको नतिजा आउँदा उहाँले पढाउने विषयमा कम नम्बर दिएजस्तो लाग्थ्यो। ुपेपर रिचेक गर्छुु भनेर सरसँग भन्न सक्थिनँ। उहाँ कक्षामा आउनुभन्दा अगाडि नै मुटुमा ढ्यांग्रो बज्थ्यो। सधैं जानीजानी मलाई नै उठाएर प्रश्न सोध्नुहुन्थ्यो। उत्तर मिलेन भने ुतँ बिग्रिसकिस्, तेरो घरमा फोन गर्दिन्छु। तँलाई बोडस बसाल्छुु भन्नुहुन्थ्यो। कक्षामा नजानिँदो किसिमले यातना दिइरहनुहुन्थ्यो। मेरो ढाडमा सुमसुम्याइ रहनुहुन्थ्यो।

यो कुरा म कसैलाई भन्न सक्दिनँ थिएँ।

त्यसपछि झन् काकीले मास्टरको विश्वास हुँदैन भन्नुभएको कुरा हो रहेछ भन्ने लाग्यो।

ती घटना सम्झँदा अहिले पनि सिरिंग हुन्छ। झन् त्यो बेला आफूलाई कसरी विद्यालयका कक्षामा समायोजित गरेँ हुँला !

त्यसपछि स्कुलमा माया गर्ने सरसँग नजिक जान हिचकिचाउन थालेँ। एक जनाको कारणले अरूसँग पनि डराउन थालेँ। गुरु पूर्णिमाजस्ता अवसरमा गुरुले धाप मार्दा शंका गर्न थालेँ। थाहै नपाई मलाई अविश्वासको गहिरो खाडलले आफूतिर तान्न थाल्यो। म तानिँदै गएँ।

एक जना व्यक्तिको नियत खराब हुँदा, ऊ सम्बन्धित पेसा नै धुलमुलिँदो रहेछ। एक व्यक्तिले गर्दा ऊजस्तै व्यवसायमा संलग्न बाँकी सबै व्यक्ति उस्तै लाग्ने रहेछ। मेरो आँखाले पुलिस, ड्राइभर, मास्टर पेसा पुरुषमा मात्रै देख्यो। त्यसले गर्दा काकीले सानो हुँदै सुनाएका कुरा झन् झन् साँचो होजस्तो लाग्न थाल्यो।

ड्राइभर छेउको सिटमा महिला बस्दा बढी दुर्घटना हुन्छ भन्ने पनि महिलाको त्यही समूहबाट सुनेकी थिएँ। धेरै पटक बसको स्टेयरिङबाट हात घुमाउँदै छेउकै केटीको शरीरमा लगेको पनि देखेकी थिएँ। ड्राइभर र उसकै छेउमा बसेकी केटीको नियत जिस्किने थियो कि थिएन भन्ने थाहा पाउन सकेकी थिइनँ। ड्राइभरको आफ्नै कोही नातेदार भए पनि मलाई उसँग जिस्कन बसेजस्तो लाग्थ्यो। उनीहरू एकअर्कासँग बोल्दा पनि मलाई जिस्किएजस्तै लाग्थ्यो। ड्राइभरले मसँग जिस्कने मौका नै नपाओस् भनेर झुक्किएर पनि छेउको सिटमा बस्ने हिम्मत गरिनँ।

कतिपटक मेरो आफ्नै आमा, आन्टीहरूले राम्रैसँग झपार्नुभएको थियो ती पुरुषहरूलाई। उहाँहरूले जे भोग्नुभयो, त्यो मैले भोग्न नपरोस् भनेर नाइट बसमा यात्रा गर्न कहिल्यै दिनुभएन।

मलाई अहिले पनि ड्राइभरलाई हेर्दा सिरिंग हुन्छ। म नहोस् भन्ने चाहन्छु तर पनि हुन्छ।

अहिले म काकीले भनेका कुरा कति समयसम्म मसँग रहेछन् भन्ने सम्झिरहेकी छु। उहाँले भनेका पेसामा रहेका मान्छेमध्ये केहीको व्यवहारले कसरी मलाई हरेकपल्ट उहाँको कुरा सही लाग्दै गयो भन्ने पनि सम्झिरहेकी छु।

टपरी खुट्दै गर्दा महिलाको हुलबाट आएको वाक्य सुन्दा म त्यति सानी थिइनँ। तर त्यो वाक्य मैले मात्रै सुनेकी पनि त थिइनँ। मभन्दा कम उमेरका भाइबहिनी सँगै थिए। के उनीहरूले पनि त्यो वाक्य त्यसरी नै सुनेरु उनीहरूले त्यो कुरा कहिलेसम्म बोकिरहेरु कि अहिलेसम्म बोकिरहेका छन्रु

मैले ुयो हावा कुरा होु भनेर नसुनेझैं गर्न सक्थेँ। वा मैले भेटेका मान्छेले त्यसलाई गलत प्रमाणित गरिदिन सक्थे। तर न त्यो कुरा गलत भयो न मैले भेटेका केही मान्छेले त्यो शंका मनमा आउन नदिने वातावरण बनाए।

के मैले एउटी केटी भएर नै यो सबै कुरा भोग्नुपरेको होरु कि केटाहरू पनि महिला मास्टर, ड्राइभर, पुलिससँग मजस्तै गरी तर्सिन्छन्रु

यसको जवाफ मलाई कसले दिन सक्छ ?

अचेल पनि म शिक्षकले गर्ने स्नेहसँग भाग्छु। पुलिसको सुरक्षासँग असुरक्षित महसुस गर्छु। ओरालोमा ड्राइभरले लगाउने ब्रेकमै डराउँछु। यसको क्षतिपूर्ति मलाई कसले दिन्छरु कहाँ गएर माग्नु मैलेरु

अहिले पत्रिकामा छापिएका केही लेखहरू पढिरहेकी हुन्छु। विभिन्न महिलाले बाल्यकालमा भोगेका धेरै कुरा लामो समय बोल्न नपाएररनसकेर बल्ल बोल्न थालेका छन्। कतिले भोगेका तीता अनुभव भर्खरै वाक्य बन्दै छन्। त्यस्ता कति धेरै कुरा भनिएकै छैनन्। लेखिएकै छैनन्। यसको जिम्मा कसले लिन्छरु

यदि सबै महिलाले आफूले भोगेको गलत कुरा सुनाउन थाल्ने हो भने त्यसले के(केसम्म भन्छ होलारु

पहिलो पुस्ताको हजुरआमाबाट सुरू भएको यो क्रम तेस्रो पुस्ताकी मसम्म आउँदा उस्तै छ। अब मेरी छोरीको पुस्तासम्म पनि यो जान्छ तरु कि अर्को पुस्तासम्म जाँदा मेरो छोराले सुन्छरु फेरि यो कुरा छोरी या छोराले सुन्नुपर्छ भन्ने होइन, किन सुनिन्छन् यस्ता कुरा भन्ने महत्त्वपूर्ण हो।

जसरी काकीले सुनाएको कुरा कुनै न कुनै रूपमा मसँग रहिरह्यो, त्यसरी नै हामीले सामान्य ठानेर बोलेका केही शब्द हाम्रा वरिपरि भएका बच्चाले सुन्दा बुझ्ने तरिका फरक हुन्छ होला। त्यसको प्रभाव धेरै समय दिमागमा बस्ने रहेछ। वर्षौं अगाडि सुनेको एउटा वाक्यले म आज पनि उस्तै गरी त्यो पेसालाई हेर्छु। मलाई त्यसपछिका घटनाले पनि त्यसरी नै सोच्ने बनाइरहे। के यो क्रम कसैगरी रोकिँदैनरु कि रोक्ने प्रयत्न नै गरिएको छैन ?

मलाई सचेत गराउने मेरी आमा, हजुरआमा, दिदी, आन्टीले जे भोग्नुभयो, मलाई त्यही सुनाउनुभयो। मैले मेरा छोराछोरी वा बहिनीहरूलाई कस्तो कस्तो कुरा सुनाउनूरु त्यस्तो हुँदैन भनूँ भने अहिले पनि त्यस्तै भइरहेको छ। नभनूँ भने मलाई आफूसँग लामो समय रहेको त्यही कुराले सताइरहन्छ।

म छटपटी राखौं कि म सबै कुरा ओकलौं ?

म त्यही गर्न तयार छु, जे गर्दा म पछिको पुस्ताले मजस्तै बन्न नपरोस्।

म कसो गरूँ ? सेताेपाटीबाट ।


error: Alert: Content is protected !!