नेपाल बैंकमा करिब २०० जनाको जागिर खुल्यो

काठमाडौं : नेपाल बैंक लिमिटेडले करिब २०० जनाका लागि जागिर खुलाएको छ। बैंकले शुक्रबार अनलाइन दरखास्त फारम भर्नेसम्बन्धी सूचना प्रकाशन गरेको छ।

लोक सेवा आयोगको सहमतिअनुसार रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ।

दरखास्त आजदेसि चैत १२ गतेसम्म अनलाइन माध्यमबाट भर्न सकिने छ। बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकका लागि दरखास्त मागेको हो।

फारम नेपाल बैंक लिमिटेडको वेबसाइट www.nepalbank.com.np बाट भर्न सकिने छ।

तपाईको प्रतिक्रिया