बालिका बलात्कृत घटना : प्रहरीको आश्वासन मात्रै, पीडित चिन्तित

सुर्खेत । भेरीगंगा नगरपालिका मुरली खोलाका चार वर्षीय बालिका बलात्कारको विषयमा प्रहरीले गम्भीरताका साथ लिएर अनुसन्धान गरिरहेको आश्वासन दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले घटना गम्भीरताका साथ अनुसन्धान भइरहेको बताएका छन् ।

याे पनि पढ्नुहाेस् :

‘चार वर्षिय बालिका बालात्कृत हुन दुःखद् घटना हो, पक्राउ परेका बालकलाई म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं,’ प्रवक्ता घर्तीले भने, ‘छिन्चु प्रहरीलाई निर्देशन दिएर घटनाप्रति गम्भीर हुन् र पीडित परिवारलाई यथार्थता बताउन भनिसकेको छु ।’

यता पीडित परिवारले भने, प्रहरीले आश्वासन मात्रै दिएकाले आफूहरुलाई थप चिन्तित बनाएको बताएका छन् । गत फागुन १६ गते विद्यालय पढ्न गएकी बालिका सोही विद्यालयमा अध्ययनरत ११ वर्षीय बालकले बलात्कृत गरेको परिवारले बताउँदै आएका छन् । बलात्कारको आरोप लागेका बालक विरुद्ध उजूरी दर्ता गरेर प्रहरीले अनुसन्धान भइरहेको बताइरहेको छ ।

तपाईको प्रतिक्रिया