काठमाडौं । ‘आइन्स्टाइनलाई आफ्ना छोराको मानसिक स्वास्थ्यका कारण समस्या हुन्थ्यो । ’ यो भनाई आइन्स्टाइन पेपर प्रोजेक्टका निर्देशक तथा सम्पादक जिव रोसेनक्रान्जको हो ।आइन्स्टाइनका कान्छो छोरा एडुआर्डलाई मानिसहरुले प्रेमपूर्वक टेटे पनि भन्दथे ।
वाल्यकालमा नै उनलाई फोक्सोसँग सम्बन्धित रोग थियो तर उनको मानसिक समस्या जवानीमा देखियो । आइन्स्टाइनको जीवनमा विशेषज्ञता राख्ने रोसेनक्रान्जले बीबीसीसँग भने, ‘उनको जीवन निकै दुःखद थियो ।’ आइन्स्टाइनकी जेठी श्रीमती मिलेवा मारिकले विवाहपश्चात् थप दुई सन्तान जन्माइन् ।
पहिलो सन्तानको जीवन एक रहस्य नै रह्यो जसलाई थुप्रै मानिसहरुले बुझ्न कोसिस गरे जबकी दोस्रोले आफ्नो कहानी आफैंले भने । आइन्स्टाइनका एक छोरा हंस अलबर्ट भन्छन्, ‘मेरा पिता यसकारण असाधारण थिए किनभने उनी थुप्रै असफलता पश्चात् पनि समस्या सुल्झाउन लागी पर्दथे । उनले त्यतिबेला पनि प्रयास गर्दथे जब नतिजा गलत आउने गर्दथ्यो ।’
उनी भन्छन्, ‘मलाई लाग्छ कि उनी मलाई मात्र सुधार्न असफल भए । उनले मलाई सल्लाह दिने कोसिस गरे तर उनले बुझिसकेका थिए कि म असाध्यै हठी छु र मान्ने वाला छैन ।’ जुलाई १९१७ मा खिचिएको एडुआर्ड ९बायाँ० र हंस अल्बर्ट आइन्स्टाइनको तस्बिर हिब्रू विश्वविद्यालयले जारी गरेको थियो ।
जेठी छोरी–लिसेर्ल
आइन्स्टाइनकी जेठी छोरी लिसेर्लको जन्म सन् १९०२ मा भएको थियो । रोसेनक्रान्ज भन्छन्, ‘हामीलाई थाहा छैन कि दुई वर्षपछि उनीमाथि के भयो । यो एक गुमेको इतिहास हो । ’ यसैकारण यसबारे विभिन्न धारणा पनि बनेका छन् ।
‘हुनसक्छ उनलाई कसैले धर्मपुत्रीको रुपमा पालेको वा उनको मृत्यु भएको थियो । उनलाई के भयो, त्यसबारे हामीलाई थाहा छैन ।’
सन् १९०५ को फोटोमा भौतिक विज्ञानी मिलेवा मेरिक र आइन्स्टाइन
आइन्स्टाइन पेपर प्रोजेक्टअन्तर्गत उनको जीवनसँग सम्बन्धित दस्तावेज र पत्र सुरक्षित राखिएका छन् । यो उनको चरित्र र मानवीय पाटो बुझ्नका लागि निकै महत्वपूर्ण छ । यो पत्र र दस्तावेजले यी वैज्ञानिक जिनियसको जीवनमा नयाँ प्रकाश पार्ने गर्छ । यसै दस्तावेजका कारण लिसेर्ल भएको पनि पत्ता लागेको छ ।
आइन्स्टाइनले स्विटजरल्याण्डबाट मिलेवालाई लेखेका थिए, ‘के उनी स्वस्थ छिन् रु के उनी सजिलै रुन्छिन् रु उनको आँखा कस्तो छ रु उनको अनुहार हामीमध्ये कोसँग बढी मिल्छ रु उसलाई कसले दुध खुवाउँछ रु के उनी भोकी छिन् । उनी टाउको पूर्ण रुपमा मुडुलो नै होला । म अहिले उसलाई चिन्दिनँ तर म उसलाई असाध्यै माया गर्छु ।’ मिलेवाले जब छोरी लिसेर्ललाई जन्म दिइन् तब उनी आइन्स्टाइनभन्दा टाढा सर्बियामा थिइन् ।
गर्भावस्थाः
वाल्टर इसाकसनले आइन्स्टाइनको जीवनमा उनको यो पत्रको अंश प्रकाशित गरेको छ । तर मिलेनाले बच्चा जन्माउन स्विटजरल्याण्ड किन छोडिन् र उनी आफ्नो परिवार भएठाउँ किन गइन् ? यो प्रश्नको उत्तर जान्नका लागि हामीले इतिहासमात्रै होइन, युवा आइन्स्टाइनको घर पनि पुग्नुपर्छ ।
हालै आइन्स्टाइनबारे प्रकाशित किताब आइन्स्टाइन अप आइन्स्टाइनका लेखक हनक गटफ्रेन्डले बीबीसीसँग भने, ‘उनकी आमा मिलेवासँग उनको विवाहको विरुद्धमा थिइन् ।’ उनलाई लाग्थ्यो कि मिलेवासँग उनको छोराको भविष्य खराब हुनेछ ।
‘उनले मिलेवा गर्भवती भइन् भने यसको परिणाम राम्रो हुने छैन भनेर चेतावनी पनि दिएकी थिइन् । त्यो समयमा विवाह अगावै गर्भवती हुनु कुनै स्क्यान्डलभन्दा कम थिएन ।’ तर मिलेवा र आइन्स्टाइन एकअर्कालाई असाध्यै माया गर्दथे ।
आइन्स्टाइ सन् १९३६ मा आफ्नो छोरा हंस अल्बर्ट र नाती बर्नहार्डसँग ।यो सम्बन्धको सुरुवात हुँदा आइन्स्टाइन १९ र मिलेवा २३ वर्षकी थिइन् भन्ने मान्यता राखिन्छ । उनी जूरिक पोलिटेक्निक इन्स्टिच्यूटमा उनकी पार्टनर थिइन् । यहाँ युवा मिलेवाले भौतिक विज्ञानमा आफ्नो महारथ देखाएकी थिइन् ।
इसाकसनका अनुसार आइन्स्टाइनको पत्रमार्फत् मिलेवाप्रति उनको प्रेम मात्रै नभई यो सम्बन्धविरुद्ध उनकी आमाको भावनाबारे पनि पत्ता लाग्छ । आइन्स्टाइनले लेखे, ‘मेरो परिवारले म मरिसकेको झैं गरी शोक मनाउँछन् । उनीहरुले समय–समयमा भन्ने गर्छन् कि तिमीप्रति मेरो मायाले मेरो लागि दुर्भाग्य लिएर आएको छ । उनीहरुलाई लाग्छ कि तिमी स्वस्थ छैनौ ।’
तर आइन्स्टाइनले आफ्नो मनको मुरा सुने र जब मिलेवा गर्भवती भइन् तब उनलाई आफू एक राम्रो श्रीमान् हुने कुरामा विश्वास दिलाए । बच्चा जन्मनु केही हप्ता अघि आइन्स्टाइन बर्नमा थिए । उनी यहाँ सरकारी कार्यालय फेडेरल अफिस अफ इन्टेलेक्चुअल प्रोपर्टीमा जागिर पाइने सम्भावनाका लागि उत्साहित पनि थिए ।
त्यो समयमा आइन्स्टाइन गणित र भौतिक विज्ञानको ट्युशन पढाउने गर्दथे । यो जागिरका कारण उनको जीवनमा स्थिरता आउन थालेको थियो । त्यतिबेला लेखिएको पत्रमा उनले भविष्यमा सँगै हुने आशासहित केही चिन्ता पनि व्यक्त गरेका थिए । आइन्स्टाइनले लेखे, ‘हाम्रो अघिल्तिर एउटै मात्रा समस्या हुनेछ । हामी हाम्रो लिसेर्ललाई आफूसँग कसरी राख्नेछौं । उसलाई छोड्न म चाहन्नँ ।’
आइन्स्टाइनलाई थाहा थियो कि त्यतिबेलाको समाजमा ‘अवैध’ सन्तानलाई राख्न कति मुश्किल थियो । विशेषगरी ती व्यक्तिका लागि जो सम्मानित सरकारी अधिकारीको जागिर हासिल गर्ने चाहमा थिए । बर्नको यो घरमा आइन्स्टाइन, मिलेवा और छोरा हंस अल्बर्ट बस्दथे । यसलाई एक संग्रहालयमा परिवर्तन गरिएको थियो ।
लामो मौनताः
आइन्स्टाइनले आफ्नी जेठी छोरी लिसेर्ललाई कहिले पनि भेट्न पाएनन् भन्ने मान्यता राखिन्छ । मिलेवाले उनलाई सर्बियामा आफ्ना आफन्तकोमा छोडिदिएकी थिइन् । इसाकसनले मिलेवाकी एक नजिककी साथीले उनकी छोरीलाई पालेको हुनसक्ने सम्भावना व्यक्त गरे । तर यो सम्भावना पनि खासै बलियो भने छैन ।
गटफ्रेन्ड भन्छन्, ‘हामीले उनीहरुको छोरी बारे उनको प्रेमपत्रमार्फत् नै थाहा भएको हो तर एक समय यस्तो पनि आउँछ जब यसबारे केही पनि लेखिएन । यो विषयमा किताब पनि लेखियो तब कुनै ठोस् जवाफ दिन सकेन ।’ रोसेनक्राजका अनुसार केही पत्रकार र अनुसन्धाता सर्बियासम्म गए । उनीहरुले दस्तावेज पनि खोजी गरे तर केही ठोस प्रमाण हासिल गर्न सकेनन् ।
एक विशेषज्ञ भन्छन्, ‘उनी दुई वर्षकी हुँदा उनीबारे अन्तिम पटक लेखिएको थियो । त्यतिबेला उनलाई स्कार्लेट ज्वरो आएको थियो । हामीलाई थाहा छैन कि उनी बाँचेकी थिइन् वा थिइनन् ।’ त्यो समयमा यो गम्भीर रोग थियो र कम उमेरका बच्चाका लागि यसलाई खतरनाक मानिन्थ्यो । आइन्स्टाइनको मृत्यु सन् १९५५ मा भएको थियो । उनले कहिले पनि कसैसँग आफ्नी छोरीबारे कुरा गरेनन् ।
आइन्स्टाइन पेपर प्रोजेक्टको समूहले पनि सन्े १९८६ मा मिलेवालाई लेखेको उनको प्रेमपत्र सार्वजनिक भएपछि उनकी छोरी भएको तथ्य फेला पारेका थिए । जब आइन्स्टाइनले बर्नमा स्थायी जागिर पाए तब मिलेवा उनी भएठाउँ आइन् र सन् १९०३ मा दुबैले विवाह गरे । सन् १९०४ मा उनीहरुका दोस्रो छोरा हंस अल्बर्टको जन्म भयो र त्यसपछि सन् १९१० मा एडुआर्ड जन्मिए । त्यतिबेला परिवार जूरिकमा बस्दथ्यो ।
इसाकसनका अनुसार हंस अल्बर्टले भनेका थिए, ‘जब मेरी आमा घरको काममा व्यक्त हुन्थिन्, हाम्रा पिताले आफ्नो काम छोडेर घण्टौंसम्म हाम्रो हेरविचार गर्दथे । मलाई याद छ कि उनले हामीलाई कहानी सुनाउने गर्दथे र हामीलाई शान्त राख्नका लागि भायलिन बजाउन गर्दथे ।’ एडुआर्डको सुरुवाती बाल्यकाल मुश्किल थियो । उनी धेरैजसो गम्भीर रुपमा बिरामी भइरहन्थे ।
आइन्स्टाइन इनसाइक्लोपेडियाका अनुसार जब एडुअर्ड चार वर्षका थिए तब थुप्रै हप्तासम्म गम्भीर रुपमा बिरामी थिए र असाध्यै थला परेका थिए । सन् १९१७ मा जब एडुआर्डको फोक्सो फुलेको थियो तब आइन्स्टाइनले एक मित्रलाई लेखेको पत्रमा भनेका थिए, ‘मेरो बच्चाको स्वास्थ्यका कारण मलाई असाध्यै अवसाद हुन्छ ।’
स्वास्थ्यले साथ नदिएपछि पनि एडुआर्ड निकै राम्रा विद्यार्थी थिए र कलामा उनको विशेष रुची थियो । उनी कविता लेख्नुका साथै पियानो बजाउन पनि रुची राख्थे । उनको आफ्नो पितासँग सङ्गीत र दर्शनशास्त्रमाथि थुप्रैपटक गम्भीर बहस पनि हुने गर्दथ्यो । आइन्स्टाइनले लेखेका थिए, ‘मेरो छोराले जीवनसँग जोडिएका महत्वपूर्ण कुरामा मसँग दिमाग चलाएर छलफल गर्छ ।’
आइन्स्टाइन जब विज्ञान क्षेत्रमा अघि बढिरहेका थिए तब उनको श्रीमतीसँग सम्बन्ध पनि खराब हुन थालेको थियो । स्थिति त्यतिबेला थप बिग्रियो जब आइन्स्टाइनको आफ्नी बहिनी पर्ने एल्सासँग प्रेम प्रसङ्ग सुरु भयो । सन् १९१४ मा आइन्स्टाइनको परिवार बर्लिन आएको थियो । तर आइन्स्टाइनको व्यवहारका कारण मिलेवा स्विटजरल्याण्ड फर्किएकी थिइन् । सन् १९१९ को सुरुवातमा नै उनीहरु सम्बन्धविच्छेदको अवस्थामा पुगेका थिए ।
गटफ्रेन्डका अनुसार बच्चासँग टाढा हुनु आइन्स्टाइनका लागि निकै मुश्किल थियो । यसैकारण उनले आफ्ना दुई बच्चासँग आफ्नो सम्बन्ध बलियो बनाइराख्ने कोसिस गरे । रोसोनक्रान्ज भन्छन्, ‘उनी एक पिताको रुपमा बच्चालाई असाध्यै माया गर्दथे ।’ आइन्स्टाइनले मौका पाउने बित्तिकै उनले आफ्ना सन्तानलाई भेट्थे । उनले लेखे, ‘म उनीहरुलाई छुट्टीमा लिएर जान्छु । जब उनीहरु ठूला हुन्छन् तब म उनीहरुसँग समय बिताउनका लागि आफूसँगै बर्लिन बोलाउनेछु ।’
आइन्स्टाइन र उनका छोरा एडुआर्डबीच पत्राचार भइरहन्थ्यो । सन् १९३० मा आइन्स्टाइनले छोराका लागि लेखे, ‘जीवन साइकल चलाए जस्तै हो । सन्तुलन स्थापित गर्नका लागि अघि बढ्न आवश्यक छ ।’ विशेषज्ञका अनुसार हंस आइन्स्टाइनको व्यक्तित्व भिन्न थियो । उनी पूर्ण रुपमा धरातलसँग जोडिएका थिए । वर्षौंपछि आइन्स्टाइनले जब छोरालाई पत्र लेखे तब उनले आफ्नो थ्योरीबारे मात्रै नभई छोरालाई जागिर खान सल्लाह पनि दिए ।
आइन्स्टाइनका सबैभन्दा कान्छो छोरा पनि भौतिक विज्ञानी बन्ने सपना देख्नथे र उनी सिग्मन्ड फ्रायडको सिद्धान्तमा पनि रुची राख्दथे । सन् १९३२ मा उनलाई स्विटजरल्याण्डको एउटा मनोवैज्ञानिक अस्पतालमा भर्ना गरिएको थियो । त्यतिबेला उनले मेडिसिनको पढाई गरिरहेका थिए । गटफ्रेन्ड भन्छन्, ‘आइन्स्टाइनलाई यसले गहिरो दुःख पुर्याएको थियो ।’
गार्डियन समाचारपत्रका अनुसार पछि आइन्स्टाइनले लेखेका थिए, ‘मेरा सबैभन्दा राम्रो सन्तानमध्ये एक, जसलाई म पूर्ण रुपमा आफैंजस्तो ठान्थेँ, लाई एक गम्भीर मानसिक रोगले घेरेको छ ।’ सन् १९३३ मा जब जर्मनीमा नाजिवादको खतरा बढिरहेको थियो तब अल्बर्ट आइन्स्टाइनले अमेरिका जानका लागि देश छोडेका थिए । ‘देश छोड्नु अघि आइन्स्टाइन छोरालाई भर्ना गरिएको अस्पताल गए । यो बुवा छोराबीच अन्तिम भेट थियो ।’
दुःखद अन्त्यः
मिलेवाले एडुआर्डको घरमा नै हेरविचार गर्थिन् । तर जब उनको मानसिक रोग गम्भीर हुँदै गयो तब उनलाई अस्पतालमा नै भर्ना गर्नुपरेको थियो । सन् १९४८ मा मिलेवाको मृत्युपछि एडुआर्डलाई हेरविचार गर्नका लागि एक कानूनी अभिभावक नियुक्त गरिएको थियो । यसको खर्च आइन्स्टाइनले नै उठाउँथे ।
रोसेनक्राज भन्छन्, ‘मलाई लाग्दैन यतिबेला आइन्स्टाइन र एडुआर्डले एक–अर्कालाई पत्र लेखे ।’ इसाकसनका अनुसार एडुआर्डलाई अमेरिका जान दिइएन किनभने उनी एक मानसिक रोगी थिए । उनले आफ्नो जीवनका अन्तिम दिन मानसिक रोगीको अस्पतालमा एक्लै नै बिताए । उनको ५५ वर्षको उमेरमा सन् १९६५ मा निधन भयो । सन् १९३७ मा न्यूयोर्कमा हंससँग आइन्स्टाइन । दुबैले संयुक्त राज्य अमेरिकामा आफ्नो करियर जारी राख्ने निर्णय गरे ।
दोस्रो सन्तानः हंस अलबर्ट
आइन्स्टाइनकाम दोस्रो सन्तान हंस अल्बर्टले जुरिकको फेडरेल पोलिटेक्निक स्कूलमा पढाई गरेका थिए । सन् १९२४ मा लेखिएको पत्रमा आइन्स्टाइनले आफ्नो छोरा प्रथम भएकोमा खुसी र गर्व व्यक्त गर्दै लेखेका थिए, ‘मेरो छोरा अल्बर्ट सक्षम र इमानदार व्यक्ति बनेको छ ।’
हंसले सन् १९२६ मा स्नातक गरे र सन् १९३६ मा डाक्टर अफ टेक्निकल साइन्सेजको उपाधि हासिल गरे । युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्रकाशित उनको संक्षिप्त जीवनमा लेखिएको छ, ‘डक्टरेट उपाधिका लागि उनको थेसिस सेडिमेन्ट ट्रान्सपोर्ट एउटा ठोस् कार्य हो र संसारभरीका इन्जिनियरले उनको काम स्विकार गर्ने गर्छन् ।’
सन् १९३८ मा आफ्ना पिताको सल्लाहमा हंस अल्बर्ट अमेरिका गए र त्यहाँ पनि सेडिमेन्ट ट्रान्सपोर्टमा उनले आफ्नो शोध कार्य जारी राखे । हंस अल्बर्ट आइन्स्टाइनको जीवनी लेख्ने रोबर्टा एटेमा र क्रोनेलिया मूटेलले आफ्नो किताबमा लेखेका छन्, ‘हंस अल्बर्टले सैद्धान्तिक अन्तर्दृष्टि र व्यावहारिक तरिका विकसित गरेका छन् जसले बग्दै गरेको पानीको थिग्रो ९सेडिमेन्ट० कस्तो हुन्छ यसबारे हाम्रो वर्तमान बुझाई विकसित गर्न मद्दत गर्छ ।’
सन् १९८८ मा द अमेरिकन सोसायटी अफ इन्जिनियर्सले हंस अल्बर्टको यादमा एउटा अवार्ड सुरु गरेको थियो जसले यो क्षेत्रमा उल्लेखनीय काम गर्नेहरुलाई सम्मानित गर्छ । एल्सा र आइन्स्टाइनले सँगै थुप्रै यात्रा गरे ।
मतभेदः
आइन्स्टाइनको आफ्नो बच्चासँगको सम्बन्ध निकै उतार चढावयुक्त रह्यो । आफ्नो पत्रमा उनले कहिले प्रेम गरे त कहिले गाली पनि । रोसोनक्राजका अनुसार उनको आफ्नो बच्चासँग केही विवाद पनि रहे । युवा हंसले आफ्ना पितालाई आफूले इन्जिनियरिङ पढ्ने इच्छा भएको बताउँदै भौतिक विज्ञानी अल्बर्ट आइन्स्टाइको प्रतिक्रिया नकारात्मक थियो ।
वर्षौंपछि पुनः अर्को मतभेद पैदा भयो जब आइन्स्टाइनले विवाहका लागि हंस अल्बर्टको रुचीको विरोध गरे । आइन्स्टाइनले मात्रै होइन, मिलेवाले पनि विरोध गरिन् । तर आमाबुवाको विरोधलाई किनारा लगाउँदै हंसले सन् १९२७ मा फ्रिठा नेक्टसँग विवाह गरे जो उनीभन्दा ९ वर्ष जेठी थिइन् ।
पछि आइन्स्टाइनले आफ्नो छोराको निर्णयको स्वागत गरे र आफ्नी बुहारीलाई परिवारमा स्वागत गरे । उनका तीन नाती नातिना भए । आइन्स्टाइन र उनका छोराबीच आउजाउ त थियो तर दुईबीच खासै निकटता थिएन । गटफ्रेन्डका अनुसार यसको एउटा कारण यो थियो कि आइन्स्टाइन पूर्वी तटमा बस्दथे र उनका छोरा हंस पश्चिमी तटमा बस्दथे ।
विशेषज्ञका अनुसार सम्बन्धमा दुरीको अर्को एउटा कारण यो पनि थियो कि आइन्स्टाइनले आफ्नो दोस्रो परिवार पनि बसाएका थिए । आइन्स्टाइनले एल्सासँग विवाह गरेका थिए । उनीसँग उनको पछिल्लो विवाहपश्चात् जन्मिएका दुई छोरी पनि बस्दथे । हंसले फ्रिडाको मृत्युपछि बायोकेमिस्ट एलिजाबेथ रोबोजसँग विवाह गरेका थिए । सन् १९७३ मा उनको ६९ वर्षको उमेरमा निधन भएको थियो ।
इसाकसन स्मरण गर्छन्, ‘एकपटक आइन्स्टाइनले मिलेवालाई भनेका थिए कि उनका दुबै सन्तान उनको अन्तरआत्माको प्रतिबिम्ब हुन् ।’ आइन्स्टाइनले आफ्नो मृत्यु भएपछि पनि सन्तानले आफ्नो विरासतलाई जिउँदो राख्ने आशा राखेका थिए । तर एक महान वैज्ञानिक र ब्रम्हाण्डप्रति हाम्रो दृष्टिकोण परिवर्तन गरिदिने व्यक्तिको सन्तान हुनु आफैंमा जटिलता पनि थियो ।
एडुआर्डले एकपटक लेखेका थिए, ‘यति महत्वपूर्ण पिता भएकोमा यसले थुप्रै पटक समस्या पनि निम्त्याएको छ किनभने हामीले आफूले आफैंलाई महत्वहीन ठान्न थाल्छौं ।’ हंसको जन्म आइन्स्टाइनको थ्योरी अफ रिलेटिभिटीको प्रकाशन हुनु एक वर्ष अघि भएको थियो ।
हंसलाई यति महान् वैज्ञानिक आफ्नो पिता हुँदा कस्तो महसुस हुन्छ भनेर सोधिएको प्रश्नमा उनले भनेका थिए, ‘यदि मैले वाल्यकालदेखि नै हाँस्न नसिकेको भए त म पागल नै हुन्थेँ होला ।’ बीबीसी
नेपालीरैबार । २०७७ चैत्र २, सोमबार