सुर्खेतबाट छुटेको त्यो रात्रिबसमा चढेका चिरञ्जीवीको विगत

काठमाडौं । केही क्षमता, केही आँट, साथीभाइको उत्प्रेरणा र आफ्नै सपनाको जोडघटाउका कारण २०६९ मा चिरन्जीवी सापकोटा सुर्खेतबाट काठमाडौं पुग्ने रात्रिबस चढे।

मध्य तथा सुदूरपश्चिमका सडकमा नाटक देखाउने सापकोटाले अभिनय गरेको रेलको बाटो गीत अहिले संगीत पारखीको रोजाइमा छ। कर्णालीको विकटता देखेररखेपेर काठमाडौं टेकेका उनी फेरि कर्णाली नै पुगे र त्यहाँबाट शासकहरूको कानमा कर्नाल फुकिदिए। किनकी, भुइँबाट उठेको एउटा गीतले शासकको उँचो आसनमाथि प्रश्न मडारिदिएको छ।

अहिलेसम्मदेखिनेगरी सापकोटाले हासिल गरेको कुरा यत्ति नै हो, तर यो कम छैन। कर्णालीमात्रै नभइ राज्य या सत्ता उपेक्षामा परेका हरेक भूगोलले सत्तामाथि गर्ने प्रश्नमा उनी निर्देशितरअभिनित गीत पृष्ठभूमि बन्नेछ। यो बीचमा उनले कोरेको बाटो र त्यो बाटोमा हिँड्दा अनुभूतिबारे यो सामग्री लेखिँदैछ।

एउटा उमेरमा पुगेपछि मान्छेलाई जब आफ्नै सपनाले निदाउन दिँदैन, अनि उसले बाटो कोर्ने रहेछ, सायद ती सपना देख्नेहरूमध्ये एक हुँ, जसले सुदूर गाउँबाट यहाँसम्म बाटो तय गर्‍यो, अहिले मेरो काम म र मलाई माया गर्नेहरू देख्दा मलाई मेरो सपना कति सुन्दर र महत्वपूर्ण रहेछ भन्ने महसुस हुन्छु, उनले सुनाए।

सडक नाटक, रेडियो पत्रकारिता हुँदै नेपाली सांगीतिक क्षेत्रमा कलाकारका रूपमा आफूलाई स्थापित गर्न प्रयासरत सापकोटा अहिले भने म्युजिक भिडियोमा व्यस्त छन्।

रेलको बाटोुको यात्रा

भौगोलिक रूपमा विकट कर्णाली भेगको जीवन उतारिएको रेलको बाटोु बोलको गीतमा सुरज पण्डितको स्वर र लेखराज गिरीको शब्द छ। यो गीत केहिदिन अघिमात्रै सार्वजनिक भएको हो, तर अहिले जनजनको जिब्रोमा झुन्डिइरहेको छ।

कर्णालीको समाज, गरिबी, विपत्ति र हाम्रो अवस्थालाई एउटा चित्र त्यो गीतले प्रस्तुत गरिएको छ। यो गीत सापकोटाले पनि सुने। कयौं रात यो गीत सुनेपछि छटपटी शुरू भयो। आफ्नो समाजको जीवन भोगाइ गीतले प्रस्तुत गरेपछि उनले सोचे, यो गीतलाई भिडियोमार्फत थप स्तरीय किन नबनाउने ?

गीत रिलिज भएको एक दिनपछि मुगुमा एक सुत्केरी महिलाको मृत्यु भयो, हामीले घटना देखाउँदा देखाउँदै गर्दा घटना भइरहेका छन्, कास हामीले कल्पना मात्र गर्न पाए पनि हुने नि भन्ने लाग्छ, तर कर्णालीबासीले हामीले सोचेजस्तो जिन्दगी पनि बाँच्न पाएका छैनन्‌।

कर्णालीका जनताले देशमा सरकार छ, जसले हाम्रो नियतिदेखिरहेको छ भन्ने नै महसुस गर्न सकेका छैनन्‌। त्यसैले उनको टोली कर्णालीको दृश्य खिच्न से-फोक्सुण्डो लाग्यो। सान्दर्भिक बनाउन डोल्पाका विभिन्न स्थानमा गीतको दृश्य छायाँकन गरिएको हो।

उक्त गीतको छायाङ्‌कनका क्रममा कलाकार साथी हाइ-अल्टिट्युड लागेर बिरामी परे। जसले गर्दा उनको तीन वटा सिन हटाउनु पर्‍यो। तीन दिनसम्म पनि उनको स्वास्थ्यमा सुधार नभएपछि सेनाको सहयोगमा रेस्क्यू गरियो।

लगभग १० दिनको छायाँकन र त्यसको केही दिनमा गीतको अफिसियल भिडियो बजारमा आयो। गीत सँगसँगै दर्शकले सापकोटाको अभिनयलाई पनि खुबै मन पराएका छन्। कर्णालीको जनजीवनलाई नै भिडियोमा देखाउन सकियो भने नागरिकले भोगिरहेको कष्ट र व्यथा नेतृत्वसम्म पुग्नसक्छ कि भन्ने आफ्नो सानो अपेक्षा मात्र रहेको उनी सुनाउँछन्।

कुनै कलाकारले दृश्यमा देखाउने वा कुनै लेखक वा पत्रकारले लेख्नेभन्दा पनि बढी विकट छ कर्णाली, यो वास्तविकता निश्चित दायरामा बसेर उतार्न कठिन काम हो, गीत उनीहरूको सिंगो जीवन भोगेको कर्णालीको सानो अंश मात्र हो, हाम्रो नियति नै यही हो, जून गीतमा देखाइएको छु, उनी सुनाउँछन्, । गीत रिलिज भएको एक दिनपछि मुगुमा एक सुत्केरी महिलाको मृत्यु भयो, हामीले घटना देखाउँदा देखाउँदै गर्दा घटना भइरहेका छन्, कास हामीले कल्पना मात्र गर्न पाए पनि हुने नि भन्ने लाग्छ, तर कर्णालीबासीले हामीले सोचेजस्तो जिन्दगी पनि बाँच्न पाएका छैनन्‌।

हामीले हाम्रा अधिकारका कुरा गर्छौं। बालबालिका तथा महिला अधिकार शहरकेन्द्रित छन्। एक प्रतिशत पनि गाउँ पुगेको छैन। दुखको कुरा के भने गर्भवती महिला नर्मल डेलिभरी भएको खण्डमा बाँचियो !भन्ने हुन्छ। तलमाथि हुनासाथ जीवन सकिन्छ। कर्णालीमा आज पनि हत्केलामा जिन्दगी बोकेर हिँड्न परिरहेको छ। 

पिडा, अभाव, गरीबी, अशिक्षा, भौगोलिक विकटता र अस्पताल अभाव देखाउन खोजेर दर्शकलाई भावुक बनाउन नखोजिएको उनी बताउँछन्। हाम्रो वास्तविकता देखाउन मात्र खोजिएको उनको दाबी छ।

सडक नाटकबाट जुर्मुराएको सपना

उनको क्षमतालाई हेरेर कलाकारितामा भविष्य छु भन्ने मान्छेको कारण उनी यस क्षेत्रमा आएका होइनन्। तर, रेडियो र टेलिभिजनमा आउने नाटकमा उनी निकै लोभिन्थे। त्यो लोभ विस्तारै रहरमा परिणत भयो। रहरले पागलपन शुरू गरायो। गाउँमा नाटक गर्नलाई एक मात्र विकल्प थियो स् सडक नाटक। सचेतनाको लागि सबैभन्दा भरपर्दो माध्यम नै सडक नाटक मानिन्छ।

उनी पनि सडक नाटकमा हाम फाले। विस्तारै उनले क्षेत्रीय, राष्ट्रिय र जिल्ला स्तरीय सडक नाटकमा उनले आफ्नो खुबी देखाए। पुरस्कृत बने। सडक नाटक लिएर उनी मध्ये तथा सुदूर पश्चिम, पश्चिममाञ्चल क्षेत्रका कुना कन्दरामा पुगे। उनले गरेको अभिनयले रेडियोमा विज्ञापन र प्रस्तोताका लागि बाटो खुल्यो। उनी सारमा भन्छन्, मैले त कोशिष गरेको थिएँ। अलि अलि क्षमता भयो भने सहयोग गर्ने हजार हुने रहेछन्।

रेडियोले बढाएको आत्मविश्वास

आम सञ्‍चार लिएर पढ्दै गर्दा उनले सडक नाटक हुँदै रेडियो विज्ञापनमा काम गर्न थाले। जनजागरण एफएम ९०.८ मेगाहर्ज सुर्खेतमा उनले विज्ञापनमा आवाज दिए। यो ६६ तिरको कुरा हो। केही समय त्यहाँ काम गरेर उनी रेडियो भेरीमा हाम फाले। त्यहाँ उनले रेडियो नाटक ‍वा विज्ञापन मात्र होइन, समाचार वाचन शुरू गरे। सबै प्रकारका कार्यक्रममा आवाज दिएका उनी क्षेत्रीय स्तरमा परिचित बने। त्यसपछि रेडियो सुर्खेतमा काम गरे।

तर, मान्छेको इच्छा पोखरीको पानी होइन(जो एकै ठाउँमा बस्न रुचाउँछ। मान्छेको इच्छा नदीजस्तै हो-जसले सागर भेट्ने रुचि राख्छ।

रेडियोमा काम गर्दै गर्दा आफूलाई कयौं साथीहरूले तँ केही गर्न सक्छस्, फरक संसारमा एकपटक आफूलाई प्रयोग गरु भनेर सुझाव पनि दिए। प्रशंसा र उत्साह पाएपछि आकांक्षा बढाउन थप सहज भयो। काठमाडौं नै पुग्नसके त अझ केही गर्न सकिन्छ कि भन्ने आँट पनि थपियो। क्षेत्रीय स्तरमा श्रोताको माया पाइरहेका सापकोटा रहरका पखेटा फिँजाउदै काठमाडौं हानिए।

पत्रकारिता र अभिनय सँगसँगै

सुर्खेत छोडेर उनी काठमाडौं आए। तर, भूगोल छोडेर हिँड्ने व्यक्तिले आफ्नो क्षमता गाउँकै चौतारीमा बिसाएर पनि त आउँदैन। उनीसँग वाचनकला थियो। अलिकति काम गर्न सक्छु भन्ने विश्वास पनि। काठमाडौं आएपछि उनले रेडियोमा काम गर्न थाले। यो दौरान यस्तो भयो कि उनको अभिनय कला छायामा पर्‍यो। खासमा उनी काठमाडौंमा टेलिभिजन प्रस्तोता र फिल्ममा चरित्र अभिनेता बन्ने हुटहुटीले डोर्‍याएर आएका थिए।

आकांक्षा हुँदैमा मात्र लक्ष्य भेटिँदैन। आकांक्षाको झोला बोकेर राजधानी छिर्ने युवाको लस्करमा उनी पनि एक अंश बने। गुँड छोडेर हिँडेको चराले कम्तिमा चीलसँग सुरक्षित रहन संघर्ष गर्नुपर्ने हुन्छ। सुदूर गाउँबाट आएका कुनै पनि युवाले यहाँको मैदानमा संघर्ष शुरू गरे, रेडियो राजधानीबाट। पढाई भने रत्न राज्यलक्ष्मी क्याम्पसमा। सुर्खेतमा राम्रो कमाइ थियो, काठमाडौंमा शून्यबाट संघर्ष गर्नुपर्ने बनायो, कमाइ शून्य, आफ्ना सपनाका आकार भने शिखर छुने, तनाव शुरू भएु, उनले अतीतका भोगाइ सुनाए र मुस्कान छोडे।

काठमाडौंमा काम गर्न थाल्दा बाँच्न गाह्रो भएपछि कोरियन भाषा तिर पनि उनले मन बहलाए। दुई महिना पढेपछि उनले आफैलाई प्रश्न गरे, तँ काठमाडौं कोरिया जानलाई आएको होस्रुु आफ्नो प्रश्न आफैलाई लज्जित बनायो। सपनाको माया लागेर आयो। अहिले कोरिया गएको भएपनि फर्किने बेला भइसक्थ्यो। तर, यो अभिनयको पाटो छुट्थ्यो होला। सबै कुरा खोजेर हुँदैनु, उनले आफ्नो मनलाई यसरी पनि बुझाउँछन्।

बुबाको सपना र उनको कोरिया भाषा

बुबाको सपना सरकारी जागिर। उनको सपना अभिनय। अन्तरद्वन्द्व शुरू भयो। टेलिभिजन र रेडियोले नै सपना बुन्न सिकाएपछि बुबाको सपनालाई उनले सधैँ छायामा राखे।

१६ वर्षको उमेरदेखि रेडियोमा काम गरेकाले पनि होला, उनलाई लोक सेवाले तान्न सकेन्। पत्रकारिता र अभिनयमा बुबाको असन्तुष्टि छ। छोराले विज्ञान पढोस्‌ बुबाको चाहना थियो। व्यवस्थापनसम्म कन्भिन्स भएका बुबा आमसञ्‍चारमा कुनै पनि हालतमा सहमत हुन सकेनन्।

रेडियोबाट आवाज सुनेपछि बुबाको असन्तुष्टी कम हुँदै गएको हो कि भन्ने छ। तर, पूर्ण रूपले बुबा उनले तय गरेको बाटोलाई खुलेर प्रशंसा गर्दैनन्। अहिले पनि छोराले लोक सेवाको तयारी गरिदिए हुने भन्ने बुबाको अपेक्षा छ। उनी सुनाउँछन्, घरको जेठो सन्तानको हिसाबले बुबाले म माथि अलि बढी सपना देख्नु स्वभाविक हो, मैले आफ्नो सपनालाई नै प्राथमिकता दिएँ।

म्युजिक भिडियोमा डेब्यु

रेडियो कार्यक्रम चलाउँदै गर्दा उनले म्युजिक भिडियो निर्देशनमा हात हाले। उनले केही म्युजिक भिडियो निर्देशन गरेपछि पर्दामा देखिने सोच बनाए। डेब्यु र सोलोको हिसाबले उनको अभिनय रहेको पहिलो म्युजिक भिडियो हेर यो मुटुमा चिरा पर्‍या छु हो ।

पछिल्लो क्रममा उनी म्युजिक भिडियोमै व्यस्त छन्। ३० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन्। पत्रकारिता, अभिनय र कलाकारिता लत रहेछ। यो बाहेक उनले अरू सोचेका छैनन्। उनले यही लतलाई आफ्नो जीवन बनाएका छन्।

खराब नियतले बिगारेको संस्कार

मनोरञ्‍जन दुनियाँ आफैमा रंगिन देखिन्छ। यसका भित्रि पाटो पर्दामा देखिएजस्तै रंगीन छैन। विकृति, अस्वस्थ्य प्रतिष्पर्धा र खुट्टा तान्ने प्रवृत्ति निकै रहेको उनी सुनाउँछन्। हेर्ने दृष्टिकोण विस्तारै फेरिएको छ। कलाकारिताबाट दर्शकको मन जितेपछि बाँच्न सहज भएपनि पुरुषको तुलनामा महिलाहरूलाई अझै पनि गाह्रो रहेको उनी सुनाउँछन्।

ुकलाकारिता क्षेत्रमा सबै खराब छैनन्, जसरी सबै असल छैनन्, कोही खराब नियत बोकेर आएका हुन्छन्, जसले केही काम दिएपछि त्यसबाट लुट्न चाहन्छन्, यहाँ गलत नियत राख्नेहरूबाट जोगिन जरुरी छु, उनी सुनाउँछन्, यहाँ एउटा गीत चर्चामा आउनासाथ यसलाई कसरी मानसिक तनाव दिने भन्ने खेल खेल्न थालिन्छ, नयाँ मान्छेलाई उत्प्रेरित गर्नेभन्दा झार्ने प्रवृत्ति छ।

यहाँ कोही महिलासँग काम गर्‍यो उनीहरूसँग जोडेर अफवाह फैलाउने गरिन्छ। जसकारण महिलाहरू क्षमता फुलाउनभन्दा मार्न अभिशप्त छन्। उनी थप्छन्‌, यतिसम्म कि म कहिलेकाही सोच्छु,मेरो दिदीबैनी चाहिँ यो क्षेत्रमा नआइदिउन्। थाहाँखबरबाट साभार ।


error: Alert: Content is protected !!