पाँच दर्जन बढीलाई रोजगारी दिने गार्डेन मार्ट

कर्णालीकै उत्पादनलाई प्रशाेधन गरेर व्राण्डिंग गर्ने तयारी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको वडा नं. १० नयाँ बसपार्क नजिकै ६५ जना भन्दा बढि युवालाई रोजगारी दिदै शिव शिखर गार्डेन मार्ट सञ्चालनमा आएको छ । हाल ‘उपकार’ व्राण्डका सबै खाद्य सामाग्री, कृषिजन्य औजार र मेसिनहरु विक्री वितरण गर्दै आइरहेको मार्टले कर्णालीमा उत्पादन हुने कृषिजन्य पदार्थ किसानबाट खरिद गरेर प्याकेजिङ्ग र व्राडीग पनि गर्ने भएको छ । पाँच करोड भन्दा बढिको लगानीमा खुलेको मार्टमा दैनिक रुपमा १० देखि १२ लाख बराबरको कारोवार भइरहेको छ ।


शिवशिखर बहुउेश्यीय सहकारी संस्था अन्तरगत शिखर अर्गानाइजेशन लिमिटेडद्धरा सञ्चालित उक्त मार्केटमा खाद्यान्न सामानहरु उपकार व्राण्डका पाइन्छन् । कर्णाली प्रदेश भन्दा बाहिरका लगानीकर्ताको लगानीमा उक्त मार्ट सञ्चालनमा आएको हो ।

शिव शिखर एग्रो अन्तरगत उपकार व्राण्डका चियापत्ती, दाल, चामल, चना, गेडागुडी, पिठो, तेल, मह, घ्यूलगायत दैनिक आवश्यक पर्ने सबै सामाग्री तीन प्रतिशत छुटमा विक्री गर्दै आइरहेकाे छ ।

कर्णाली प्रदेश प्रमुख इश्वर श्रेष्ठ भन्छन्, ‘यसका अलावा ड्राइफ्रुट, सुगर फ्रि चामल, एभरफन चकलेट, ड्राइफुट आइटम, सोयाविन, एभरफन डाईट, अचारहरु पविक्री तथा वितरण गर्दै आइरहेका छौं । उनका अनुसार मार्टले पावर ट्रेलर, मिनि ट्रेलर, चाप कटर, रिफर, पानी तान्ने मोटर, स्प्रे ट्यांक, कुटो कोदाली, एवम कृषि कर्मका लागि आवश्यक पर्ने सबै मेसिन तथा औजारहरु सुपथ मूल्यमा उपलब्ध गराएका छौं ।’

७ वर्ष अघिदेखि नै कोहलपुर शाखाको सव डिलरको रुपमा यहाँ सामान विक्री तथा वितरण गर्दै आइरहेको भएपनि १८ औं शाखाका रुपमा गएको फागुन १७ गतेदेखि मार्ट सञ्चालनमा ल्याइएको उनको भनाई थियो ।

लेखा प्रमुख अनिल अधिकारीका अनुसार हाल कम्पनीका व्राण्डेड उत्पादनहरु हुम्ला, डोल्पा र मुगु बाहेक कर्णालीका सात ओटै जिल्लामा विक्री तथा वितरण भइरहेको छ । यहाँबाट होलसेलर प्रतिनिधिले सामानहरु लैजाने गर्नु भएको छ । हरेक जिल्लामा हाम्रा प्रतिनिधिहरु पनि खटाइएका छौं । उनले भने, यो मार्ट सञ्चालनका लागि पाँच करोड भन्दा बढको लगानी भइसकेको छ ।

कर्णालीका कृषि उत्पादनको ब्रण्डिङ्ग गरिदै
प्रमुख इश्वर श्रेष्ठका अनुसार कर्णालीमा उत्पादन हुने सबै खाद्यान्नलाई खरिद गरेर विक्री वितरण गर्ने प्रमुख उदेश्य रहेको बताउँछन् । ‘यहाँ कर्णालीमा अर्गानिक खाद्य वस्तुहरु उत्पादन हुने गरेका छन । यहाँका मकै, कोदो, फापर, भटमास, मार्सी धान, दाल टिमुर, ओखर तथा अन्य खाद्य सामाग्रीहरु स्थानीय व्यापारीबाट खरिद गरेर काठमाडौं पठाइरहेका छौं । काठमाडौंमा प्रशोधन गर्ने, प्याकेजिंग गर्ने र त्यसलाई उपकार व्राण्डका रुपमा बजारमा ल्याई उपभोक्तालाई गुणस्तरीय खाद्यान्न सप्र्ला गर्ने अभियान सुरु गरेका छौं ।’ उनी भन्छन्, ‘त्यसबाट हाम्रो प्रदेशका नागरिकले उत्पादन गरेका कृषि वस्तुले बजार पाउने र यहाँका नागरिकको आयस्तर बढने अपेक्षा हामीले गरेका छौं ।

उनले कर्णालीमा अर्गानिक उत्पादन पर्याप्त भएको बताउँदै त्यसलाई बजारीकरण गर्न आफूहरु लागिरहेको बताए । यहयहाँका उत्पादित सामाग्रीहरुलाई प्रशोधन गरेर विदेशी बजारमा पठाउन सकेको खण्डमा यस क्षेत्रको आर्थिक रुपान्तरण हुने र त्यसले कृषि क्षेत्रमा लाग्न युवाहरुलाई प्रेरणा मिल्ने हाम्रो अपेक्षा छ । त्यहि आधारमा हामीले यहाँ लगानी गरेका हौं ।

आगामी दिनमा कृषि सहकारी संस्थाहरुसँग सहकार्य गरेर कृषि समान खरिद गर्ने र त्यसलाई बजारमा ल्याउने योजना बनाएका छौं । अहिलेपनि हामीले स्थानीय सिमसम, दाल, चना, मार्सी चामलाई विक्री तथा वितरण गर्दै आइरहेका छौं ।’

कर्णाली प्रदेशमा केहि वर्षमै चिस्यान केन्द्र समेत सञ्चालन गर्ने योजना रहेको उनले सुनाए । लेखा प्रमुख अधिकारीले आफूहरुले किसानबाट खाद्यान्न सोझै खरिद गर्न चाहेपनि विभिन्न समस्याले अहिले व्यापारीबाटै खरिद गर्नुपर्ने अवस्था रहेको बताए ।

‘किसानबाट सोझै खरिद गर्दा राम्रो हुन्थ्यो । उनीहरुले हामीलाई विल दिन सक्दैनन् । विल नभएको खण्डमा हामीले ठूलो परिमाणमा खरिद गर्न सक्दैनौं ।’ उनी भन्छन्, ‘यो समस्या समाधानकालागि प्रदेश सरकारले पहल गरेको खण्डमा कर्णालीमा उत्पादन हुने सबै खाद्य समाग्रीहरु हामी खरिद गर्न सक्छौं । प्रदेश सरकारसँग, स्थानीय सरकार, र सहकारी संघसंस्थाहरुसँग बजारिकरण गर्न हामी सहकार्य गर्न तयार छौं ।’

किसानका कृषि सामाग्रीहरु खरिद गरेर कुनै निकायले आफूहरुलाई विक्री गर्न चाहेमा खरिद गर्न सक्ने बताए । ‘हामी यहाँको सामाग्रीलाई खरिद गरेर विक्री वितरण गर्न चाहन्छौं ।’ उनि भन्छन्, ‘यदि कसैले खरद गरेर हामीलाई दिन्छ भने, किसानहरुका उत्पादन संकलन गरेर हामीलाई दिन्छन भने खरिद गर्न तयार छौं ।’

प्रमुख श्रेष्ठले मार्टमा उपलब्ध सबै सामानहरु गुणस्तरीय रहेको दाबी समेत गरे । ‘हाम्रो मुख्य उदेश्य बाहिरबाट नभई यहि उत्पादित खाद्यान्नलाई अन्य बजारमा पठाउने हो । त्यसकालागि आवश्यक सहकार्य गर्न हामी तयार छौं । यसकालागि प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक सहकार्य गर्न कम्पनी तयार छ ।’ उनी भन्छन् ।

तपाईको प्रतिक्रिया