खारेज परीक्षा संचालन गर्न माग गर्दै विद्यार्थीले बुझाए ज्ञापन पत्र

सुर्खेत । मध्य पश्चिमाञ्चल विश्वविद्यालय स्कूल अफ ल को प्रवेश परीक्षा नतिजा विवादबारे ज्ञापन पत्र निकाल्दै विद्यार्थीहरुले तत्काल खारेज गरिएको प्रवेश परीक्षा संचालन गर्न माग गरेका छन् । बिहिबार प्रवेश परीक्षा नतिजा विवाद विरुद्धको संघर्ष समितिले ज्ञापनपत्र निकाल्दै तत्काल खारेज गरिएको प्रवेश परीक्षा संचालन गर्न माग गरेको हो ।

यस्तो छ ज्ञापन पत्र :

                                                                          मितिः २०७७/१२/१२
            श्रीमान उपकुलपति ज्यू
           मध्य पश्चिमाञ्चल विश्वविद्यालय
            केन्द्रिय कार्यालय सुर्खेत
        मार्फत श्रीमान निर्देशक ज्यू
       मध्य पश्चिमाञ्चल विश्वविद्यालय
      स्कुल अफ ल वीरेन्द्रनगर ३ सुर्खेत
                                              विषयः– ज्ञापन पत्र ।
सर्वप्रथम मध्य पश्चिमाञ्चल विश्वविद्यालय स्कूल अफ ल को प्रवेश परीक्षा नतिजा विवाद विरुद्धको संघर्ष समितिको तर्फबाट हामी नमस्कार गर्न चाहन्छौं ।
विगत केही दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कूल अफ ल को प्रवेश परीक्षामा प्रश्नपत्र आउट गरी परीक्षाको न्युनतम मर्यादालाई पनि ख्याल नगरी हेलो ईफेक्टका आधारमा नतिजा प्रकाशन गरिएको सन्दर्भमा हामी आन्दोलनमा रहेको कुरा सर्वविदितै छ । यस सन्दर्भमा विश्वविद्यालय प्रशासनले छानविन समिति गठन गरि छानविन समितिको प्रतिवेदनका आधारमा प्रश्नपत्र आउट गर्ने संग्लग्न भएका उपप्रध्यापकहरुलाई कार्वाही गरी पुनः प्रवेश परीक्षा लिने निर्णय स्वागतयोग्य छ । यो निर्णय प्रति संघर्ष समितिका तर्फबाट हार्दिकतापूर्वक स्वागत गर्दछौं ।
विश्व विद्यालय प्राज्ञिक थलो हो । यसले गर्ने हरेक निर्णय स्तरीय र विकृति रहित हुनुपर्दछ । गुणस्तरीय शिक्षा प्राप्तिकालागि कहिँकतैबाट पनि अवरोध सृजना हुनहुँदैन । पछिल्लो केहीदिनयता केही व्यक्तिहरु आफ्नो राजनीतिक अभिष्ट पुरा गर्नका लागि आफुलाई विद्यार्थी नेता समेत भन्न रुचाउने केही व्यक्तिहरुले बेतुकका झुण्डहरु निर्माण गरी गलत प्रवृतिमा संग्लग्न व्यक्तिहरुको बचाउ गर्दै विश्व विद्यालयको प्राज्ञिक गरिमालाई धमिल्याउन विकृत मानसिकता बोकेका व्यक्तिहरुले गरेको आन्दोलन प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हिजोको दिनमा हामीले विवादित भयो परीक्षा भनेर प्रमाण सहित सार्वजनिक गर्दा के भएको रहेछ भनेर बुझ्न समेत नखोज्नेहरु आज विश्वविद्यालयले गरेको न्यायिक निर्णयको खिलाफमा चर्काकुरा गरिरहेको देख्दा उनीहरुको मानसिक दरिद्रता देखेर दया जागेर आएको छ । हामी किन सर्टलिष्टमा परेनौ भन्ने हाम्रो एजेण्डा होइन हाम्रो एजेण्डा हिजो देखि नै प्रवेश परीक्षको प्रश्न पत्रको फरम्याट पनि उपयुक्त नभएको र परीक्षा अगावै यो–यो प्रश्न पढ्नु भनेर प्रश्न आउट गरिएको कार्यका विरुद्धमा हामीले आवाज उठाएका हौं । यस्तो क्रियाकलापले विश्वविद्यालयको गरिमामाथि नै प्रश्न खडा ग¥यो यो ठिक भएन भन्ने हाम्रो भनाई हो । हामीले उठाएको विषयवस्तु यदि ठिक नभएको भए ठिक भएन भनेर सुझाव दिन हिम्मत नराख्नेहरु आज कसैको जागीर बचाउन मध्यरात सम्म विश्वविद्यालय कार्यालय घेराउ गर्न पुगेको देख्दा उनीहरुप्रति फेरी पनि दया जागेर आएको छ । हामीसँग प्रश्न आउट भएको प्रमाण नपुगेको भए छानविनको माग गर्ने नै थिएनौ होला । जब हामीसँग प्रश्न पत्र आउट भएको अडियो क्लिप सहितको प्रमाण आएपछि हामी माथि अन्याय भयो भनेर हामीले छानविनको माग राखेका थियोैं । स्वतन्त्ररुपमा हामीले कुरा उठाईरहँदा विद्यार्थी नेतृत्वहरुकसैको ध्यान पुगेन । हामीले आशा गरेका थियौं विद्यार्थी संगठनका नेतृत्वहरुबाट पनि समन्वय हुन्छ । तर त्यसो भएन, आजको दिनमा केही व्यक्तिहरु विश्वविद्यालयको प्रशासनको न्यायिक निणर्य विरुद्ध उत्रिनुले उनीहरुको हविगत स्पष्ट भएको छ । यस्तो दुराशाय यूक्त क्रियाकलाप प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
त्यसकारण हामी विश्वविद्यालय प्रशासन समक्ष निम्न मागहरु अविलम्व कार्यान्वयन गरिदिनहुन आग्रह गर्दछौं ।
१.खारेज गरिएको प्रवेश परीक्षा छिटो भन्दा छिटो नयाँ मिति तोकेर संचालन गर्नु पर्ने ।
२.प्रवेश परीक्षा परीक्षाको प्रश्नपत्र निर्माण गर्ने र अन्र्तवातामा संग्लग्न रहने प्राध्यापकहरु कुनै पनि नीजि कलेजमा संग्लग्न वा प्राध्यापन नगर्ने हुनुपर्ने ।
३.राजनैतिक पूर्वाग्रह राखेर विश्व विद्यालय जस्तो प्राज्ञिक संस्थाको गरिमा माथि आँच पु¥याउने हिसावले विश्वविद्यालयले छानविन समितिको निर्णय र कार्यकारीको निर्णय विरुद्धमा आन्दोलन गर्ने वा गर्न लगाउनु कुन्सित मानसिकताको उपज हो । गलत प्रवृति र गलत नियत बोकेका केह गलत मानिसहरुको जागिर जोगाउने नियतले गरिएको हुलहुज्जत बन्द गरिनु पर्ने ।
४.हामी चाहन्छौ अव विश्वविद्यालयमा अध्यापन गराउने प्राध्यापकहरुले कुनैपनि निजि स्कुलमा पढाउने कार्य तत्काल रोक्नु पर्छ । अन्यथा भोलिका दिनमा यस्तो घटना÷कृयाकलाप नदोहोरिएला भन्न सकिन्न रु यो एउटा नजिर स्थापित भएको छ । यसलाई तत्काल खारेज गर्नु पर्ने ।
५.नतिजा विवादका कारण सयौं विद्यार्थीहरुको पठपाठन प्रकृया अन्यौल बनेको छ । यो अन्यौलताको अन्त्य गर्न तत्काल प्रवेश परीक्षाको मिति तय गर्न माग गर्दछौं र सम्पूर्ण सहभागी विद्यार्थी साथीहरुलाई प्रतिस्पर्धाबाट नटाढिन अनुरोध गर्दै स्वच्छ र मर्यादितरुपमा संचालित हुने परीक्षामा सामेल हुन सबैमा हार्दिक स्वागत गर्दछौं ।
६.प्रवेश परीक्षालाई विवादित बनाउन लागि परेका प्राध्यापकहरुमाथि कडा कारवाहीको जोडदार माग गर्दछौं । धन्यवाद ।
प्रवेश परीक्षा नतिजा विवाद विरुद्धको संघर्ष समितिको तर्फबाट

कलम थापा रश्मी शाही
सयोजक सह–सयोजक

तपाईको प्रतिक्रिया