दीपाश्रीको फेसबुक ह्याक : उनकै नामबाट ह्याकरले मागे भान्जासँग एक लाख

काठमाडौँ । पछिल्लो समय प्रविधिको दुरुपयोग गर्दै सेलिब्रेटीका फेसबुक लगायत सामाजिक ह्याक गर्ने क्रम बढ्न थालेको छ । ह्याकरले फेसबुक ह्याक गर्दै उनीहरुसँग पैसा समेत माग्ने गरेका छन् । यस्तै चपेटामा कलाकार कलाकार निर्देशक दीपाश्री निरौला पनि परेकी छन् ।

कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै दीपाको फेसन बुक ह्याक भएको र पैसा समेत माग्न थालिएको बताएका छन् । दीपकले सबैलाई सजक गराउने उदेश्यले राखेको स्टाटसमा लेखेका छन् ‘दीपा जीको फेसबुक ह्याक भएको छ । सरोज खनाल दाईका पनि ह्याक भएको छ ।’ उनले अगाडि थपेका छन्, ‘ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ । अत सजक हुनुहोला !’

अभिनेत्री दीपाले ह्याकरले आफ्नो फेसबुकबाट सुमन गिरी भान्जासँग अप्ठेरो परेको भन्दै एकलाख मागेको बताइन् । ‘मेरो नामबाट सुमन भन्जासँग एक लाख मागेको रहेछ । हाल्नका लागि एकाउन्ट नम्बर पनि पठाएछ’ दीपाले भनिन्, ‘बुझ्दै जाँदा त्यो एकाउन्ट पनि अर्कैको रहेछ ।’

दीपा ह्याकरले पठाएको एकाउन्ट डिटेल लिएर अपराध महाशाखा समेत पुगेकी छन् । सो क्रममा एकाउन्ट वाला व्यक्ति पनि पीडित रहेको पाएको दीपाले बताइन् ।  उनले भनिन्, ‘अब उजुरी लिएर प्रहरीको साइबर सेल जाँदैछु । के हो त्यहाँबाट पत्ता लाग्नेछ ।’

तपाईको प्रतिक्रिया