राजनीति

महाधिवेशन तयारीबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडाैँ । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारी तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसले आगामी भदौ ७ गते १४औं महाधिवेशनको मिति तोके पनि हालसम्म जिल्लाको विवरण अध्यावधिक गर्ने कामसमेत भएको छैन । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ । आजको बैठकमा आगामी महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषयमा समेत छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया