महिलामा हुनु पर्ने ३२ गुणहरु…

तपाईहरु धार्मिक परम्परालाई कत्तीको विश्वास गर्नु हुन्छ रु हुन त समय परिवर्तन भएसँगै अहिले आधुनिक युगमा धर्मको विस्वास गर्नेहरुको संख्या निकै कम रहेको छ । तर पनि हाम्रो पूरानो संस्कार कस्तो थियो त ?

धार्मिक परम्पराअनुसार हरेक महिलाहरुको विवाहको चिना बनाउने समयममा महिलाको लक्षणलाई विशेष रुपमा लिने गरिन्छ । ३२ युक्त गुण भएको युवतीलाई सर्वश्रष्ठ मानिन्छ । हेर्नुहोस् महिलाहरुमा हुनुपर्ने ३२ गुणहरु

  • शरीरका सम्पूर्ण अंगहरु सुगठित हुनु ।
  • शरीरमा विभिन्न प्रकारको सात सुगन्ध हुनु ।
  • हातको औँला लामो लामो हुनु ।
  • दृढ आत्माविश्वास हुनु ।
  • जिब्रो लामो हुनु ।
  • लज्जालु स्वभाव हुनु ।
  • सिंहको जस्तो चिउँडो हुनु ।
  • पद्यासनमा बस्दा वृतकार (गोलो) आसनमा बस्नु ।
  • अरुलाई छिटै प्रभाव पार्न सक्ने क्षमता हुनु ।
  • मिलेको दाँत हुनु ।
  • ३२ वटा दाँत हुनु ।
  • सुरिलो स्वर हुनु ।
  • विभिन्न विषयमा ज्ञानको चासो राख्ने ।
  • बाचामा अडिक रहनु ।
  • आँखी भौँको रौँ कोमल र सूक्ष्म रेखा हुनु ।
  • काँध पुष्ट, चौडा र गोलो हुनु ।
  • पाखुरा राम्ररी फर्कने हुन ।
  • हरिणको जस्तो फिला हुनु ।
  • छाला नरम हुनु ।
  • शरीरको माथिल्लो भाग सल्कक मिलेको हुनु ।
  • गुप्ताङहरु गुप्त रहनु ।
  • अल्छी नहुनु ।
  • शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिने तिर घुमेको हुनु ।
  • मिलेको कपाल हुनु ।
  • बंगरा स्वच्छ र सुन्दर हुनु ।
  • सानो भन्दा सानो स्वाद लिने शक्ति ।
  • लामो पाखुरा ।
  • शंख समान घाँटी ।
  • औंलाको कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलको
  • सम्पूर्ण शरीर तेजोमय ।
  • चम्किलो र टम्मक मिलेको दाँत हुनु ।
  • चम्किलो केश हुनु । नेपालन्यूजबाट साभार
तपाईको प्रतिक्रिया