चर्को आलोचनापछि हटाए सूर्य थापाले प्रचण्डलाई ब्यांग्य गरेको स्टाटस

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमा आफैंले लेखेको पोस्ट हटाएका छन् । थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुको नेकपा खारेजीको फैसला पुनरवलोकनको माग सर्वोच्चले सदर नहुने गरी बदर गरेको विषयमा प्रचण्डमाथि व्यंग्य गरेका थिए ।

थापाले ट्वीटरमा लेखेका थिए, ‘सर्वोच्च अदालतको फैसला । लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ, निवेदक महोदयप्रति सहानुभूतिचाहिं छस् सम्हालिनुहोस र राजनीति गर्नुहोस १ राजनीतिज्ञ झगडिया हुन खोज्दा यस्तै हुँदोरहेछ । आफैले भाँड्न चाहेको एकता कति प्यारो ?

तर उक्त पोस्टप्रति निकै आलोचना हुन थालेपछि थापाले पोस्ट हटाएका हुन् । छोरा प्रकाशको निधन हुँदा रोएको तस्बिरसँग थापाले सर्वोच्चको फैसला जोडेर फोटो बनाएका थिए ।

तपाईको प्रतिक्रिया