सुर्खेत । आज दिउँसो सुदूपश्चिम, कर्णाली, गण्डकी, बागमती तथा प्रदेश १ का केही केही स्थानमा अपराह्नपछि मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्यूनचापीय रेखाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।
बिहीबार पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ । शुक्रबार पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
नेपालीरैबार । २०७८ बैशाख १, बुधबार